डिभिजन वन कार्यालयद्वारा गढवामा वन व्यवस्थापन र दिगो उपयोगबारे समन्वय गोष्ठी
आलोक भावुक गढवा, ९ असार । देउखुरीको गढवामा वन संरक्षण, व्यवस्थापन तथा वनजन्य स्रोतहरूको दिगो उपयोग सम्बन्धी विषयमा सरोकारवाला निकायहरूसँग एकदिने अन्तरक्रिया तथा समन्वय गोष्ठी सम्पन्न भएको छ । डिभिजन वन कार्यालय दाङ (देउखुरी) को आयोजनामा सम्पन्न कार्यक्रम डिभिजनल वन अधिकृत गणेश बहादुर खड्काको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न…






