लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलमा गुल्मी नै हाबी, लगातार दाेस्राे जित

घरसञ्चार दाङ । दाङमा जारी दाेस्राे मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियाेगिताकाे उपाधी गुल्मीले हात पारेकाे छ । प्रतिस्पर्धि नवलपरासीलाइ ३-० काे साेझाे सेटमा पराजित गर्दै गुल्मि दाेस्राे पटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताकाे उपाधि हात पार्न सफल भएको हाे । गुल्मिले नवलपरासीलाइ पहिलो सेटमा २५-१५, दाेस्राे सेटमा २५-१३ र तेस्राे सेटमा २५-१५…

Read More

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप महिला भलिबलकाे उपाधी रुपन्देहीलाई

घरसञ्चार दाङ । दाङमा जारी दाेस्राे मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला भलिबल प्रतियाेगिताकाे उपाधी रुपन्देहीले हात पारेकाे छ । पाल्पालाइ ३-० काे साेझाे सेटमा पराजित गर्दै रुपन्देहीले मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताकाे उपाधि हात पारेकाे हाे । रुपन्देहीले पहिलो सेटमा २५-१७, दाेस्राे सेटमा २५-१८ र तेस्राे सेटमा ३०-२८ ले पाल्पालाई हराएको हाे । उपाधी…

Read More

घाेराहीमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता सुरु, खेल पर्यटन प्रवर्द्धनमा याेगदान:मुख्यमन्त्री आचार्य

घरसञ्चार दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट पर्यटक भित्र्याउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा दाङकाे घाेराहीमा सुरु भएको मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता-२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरूको योगदानले…

Read More

‘वडाध्यक्ष कप फुटबल’ प्रतियोगिताको उपाधी कमानपुर युवा क्लबलाई

घरसञ्चार देउखुरी । वडाध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत लमही नगरपालिका वडा नम्बर ७ मा जारी प्रतियोगिता सम्पन्न भएको छ । प्रतिस्पर्धात्मक खेलहरुका बीच कमानपुर युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो । फाइनल खेलमा कमानपुर युवा क्लब र नवज्योती युवा क्लबबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । खेलको सुरुवातमै नवज्योती युवा क्लबले अग्रता…

Read More

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बृहत् सरसफाई, मैदानको रूप फेरियो

टेकबहादुर पुन देउखुरी । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बृहत् सरसफाई गरिएको छ । लामो समयदेखि झार-जंगलले ढाकिँदै जाँदा अस्तव्यस्त देखिएको क्रिकेट मैदान सरसफाईपछि पुनः सुन्दर र आकर्षक बनेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधिका लागि महत्वपूर्ण मानिने उक्त रंगशालालाई सफा, व्यवस्थित र खेलमैत्री बनाउने उद्देश्यले बृहत् सरसफाई कार्यक्रम आयोजना गरिएको हो । सरसफाई…

Read More

खेलकुद शिक्षा प्रणालीको अभिन्न अंग हो-मन्त्रि तिमिल्सिना

टेकबहादुर पुन दाङ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले खेलकुदलाई शिक्षा प्रणालीको अभिन्न अंगका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन । लमही नगरपालिकाले देउपुरमा शुरु गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई संबोधन गर्दै मन्त्रि तिमिल्सिनाले यस्तो बताएका हुन् । “खेलकुद केवल मनोरञ्जनको साधन नभई विद्यार्थीको शारीरिक, मानसिक र नैतिक विकासको बलियो आधार…

Read More

देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ सम्पन्न, ४६ जना खेलाडीको स्तरबृद्वि

घरसञ्चार लमही । लमही नगरपालिका–६ स्थित देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । स्कुलमा संचालन भइरहेका तेक्वान्दो कक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको बिद्यालयले जनाएको छ । बिद्यालयका डोजाङ प्रमुख कुबिर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रधानाध्यापक भू-माण्डप केसी, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारी, संघका सल्लाहकार…

Read More

नाकास्तरिय खेलकुद समाजको अध्यक्षमा खड्का, मंसिर १५ देखि खेल महोत्सब हुने

श्रवण कुमार यादव देउखुरी, २८ कात्तिक । दाङको नाकास्तरिय खेलकुद समाजको साधारणसभा तथा अधिवेशनले बाल ज्योती प्रावि डगमारानाकाका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर खड्का (शिखर) लाई नाका स्तरीय खेलकुद समाजको दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ । युगबोध आधारभुत विद्यालय सुनपत्थरीमा सम्पन्न भएको अधिवेशनले खड्कालाई दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा…

Read More

राप्तीमा १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

तुल बहादुर कवँर मगर मसुरीया २८,कार्तिक । दाङको राप्ती गाउँपालिका वडा नं. ४ माैरीघाटमा शुक्रबारदेखि राप्ती गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । श्री माध्यमिक विद्यालय माैरीघाटको आयोजना तथा राप्ती गाउँपालिकाकाे सहयोगमा प्रतियोगिता सुरु भएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताको व्यवस्थापन तथा निर्देशक समितिका संयाेजक प्रकाश विष्टको…

Read More

स्वर्गीय खुमबहादुर खड्का स्मृति फुटबल प्रतियोगिता हुने

घरसञ्चारदाङ,१८ भदौ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्को सम्झनामा फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल तरुण दल घोराही उपमहानगरपालिका–१० को आयोजनामा ‘स्वर्गीय खुमबहादुर खड्का स्मृति फुटबल प्रतियोगिता–२०८२’ हुन थालेको हो । प्रतियोगिता यहि भदौ २८ गतेदेखि असोज ३ गतेसम्म घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित वि.पि. बाटिका खेल मैदानमा सञ्चालन हुने आयोजक नेपाल तरुण…

Read More