ऐरीकाे अलराउण्डर प्रदर्शनमा एपीएफ क्लब २ विकेटले विजयी
घरसञ्चारदाङ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टीम एपीएफ क्लबले २ विकेटको जित निकालेको छ । कमलसिंह ऐरीकाे अलराउण्डर प्रदर्शनमा एपीएफले मधेश प्रदेश विरुद्ध २ विकेटकाे जित दर्ता गर्याे । बिहीबार भएको खेलमा मधेश प्रदेशले दिएकाे १६९ रनकाे लक्ष्य एपीएफले ३६ दशमलव ५ ओभरमा ८ विकेटकाे…






