देउखुरी ब्याडमिन्टन क्लबको अध्यक्षमा राना

घरसञ्चार
दाङ । देउखुरी ब्याडमिन्टन क्लब लमहीको अध्यक्षमा प्रदिप राना चयन भएका छन ।

क्लबको प्रथम साधारण सभाबाट रानाको नेतृत्वमा ११ सदस्यिय नया कार्य समिती चयन गरिएको हो । अध्यक्ष राना दोस्रो कार्यकालका लागि पुन: चयन भएका हुन । उनिसँगै समितीको उपाध्यक्षमा सन्दिप पौडेल, सचिब कमल जँग सिँह ठकुरी, कोषाध्यक्ष तुलसीराम अर्याल, सहसचिब रबिन्द्र जिसी, सदस्य हरु भरत कंवर, बिक्रम चौधरी, दुलमदाश चौधरी, पुरण चौधरी, कल्याण अधिकारी र शभिप्रकाश बटाला चयन भएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका प्रबक्ता तथा ७ नम्बरका वडाध्यक्ष मोहन गिरीले स्वास्थ्यका लागि र समृद्धका लागि खेल आबस्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले देशको समृद्धीका लागि सबैभन्दा पहिले शारिरिर रुपमा मानबिय स्वस्थ हुनुपर्ने कुरामा जोड दिए । स्वस्थ सरिरले आफ्नै स्तर बृद्धी हुने र काम कर्तब्यमा ध्यान जाने बताउँदै उनले स्वस्थ जिवनले देशको समृद्धीमा टेबा पुग्ने बताए ।

क्लबका अध्यक्ष प्रदिप रानाको अध्यक्षता तथा मोहन गिरिको प्रमुख आतिथ्य एबम् ईन्द्र बहादुर वलीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । रबिन्द्र जिसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बिक्रम चौधरी, कल्याण अधिकारी, योगमाया शाही, एलबि रोका, ईन्द्र बहादुर वली लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण गर्दै क्लबका सचिब कमलजंग सिँह ठकुरीले भाबियोजना सहित बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष तुलसीराम अर्यालले प्रस्तुत गरेका थिए । कार्यक्रममा आजिवन सदस्यहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *