जन्मोत्सवको फरक उदाहरण: रक्तदान शिविर आयोजना, १५ जनाको सहभागिता
घरसञ्चार दाङ । लमही जेसिज वर्ष २०२६ को आयोजनामा पूर्व अध्यक्ष दुलमदास चौधरीको जन्मदिनको अवसर पारेर रक्तदान शिविर सम्पन्न गरिएको छ । रक्त अभावका बेला बिरामीको जीवन बचाउन सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको शिविरमा १५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् । कार्यक्रम लमही जेसिज वर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष रमित बुढा मगरको अध्यक्षता तथा…
असल अभिभावकत्व र महिला हिंसा न्यूनीकरणबारे लमहीमा अभिमुखीकरण
घरसञ्चार दाङ । असल अभिभावकत्व, महिला हिंसा न्यूनीकरण तथा कानुनी उपचार सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार लमही नगरपालिका-७ नम्बर वडा कार्यालयमा सम्पन्न भएको छ । लायन्स क्लब अफ लमही जागरणको आयोजनामा भएको कार्यक्रम संस्थाकी अध्यक्ष गायत्री थापाको अध्यक्षता तथा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा संस्थाकी प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक…
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता
घरसञ्चार दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ । एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल, मुख्यमन्त्री…
सार्वजनिक शौचालय तीन दिनभित्र खाली गर्न वन उपभोक्ता समूहको निर्देशन
घरसञ्चार लमही, साउन ३० । दाङको लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले सार्वजनिक शौचालय सञ्चालन गरिरहेकी सञ्चालक राधिका विश्वकर्मालाई तीन दिनभित्र शौचालय तथा सटर खाली गर्न लिखित निर्देशन दिएको छ । समूहले साउन १३ गते जारी गरेको पत्रमा २०८२ असोज १ गते भएको सम्झौता विपरीत शौचालय सञ्चालनका क्रममा तोकिएकोभन्दा बढी शुल्क असुल गरिएको, स्थानीय उपभोक्तामाथि…
देउखुरीमा एक वर्षमा ४४७ वन्यजन्तुको उद्धार, २ सय ७० वटा कोब्रा
शिवु खनाल देउखुरी, १३ साउन । डिभिजन वन कार्यालय देउखुरीले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रजातिका ४४७ वन्यजन्तुको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै सर्प प्रजातिका ४३१ वटा रहेका छन् । तीमध्ये ९ वटा अजिङ्गर, १ वटा राजगोमन र अन्य ४ सय २१ कोब्रा लगायत विभिन्न प्रजातीका सर्पहरु रहेका छन् । डिभिजन वन…
शौचालय: नाफामूलक व्यापार कि न्यूनतम नागरिक सेवा?
के.पी. घिमिरे दाङ । सभ्य र आधुनिक समाजको पहिचान केवल ठूला भवन र फराकिला सडकले मात्र दिँदैनन्; त्यहाँका सार्वजनिक पूर्वाधारहरू कत्तिको नागरिकमैत्री, सुरक्षित र मर्यादित छन् भन्ने कुराले पनि निर्धारण गर्छ । हालै लमही-५ स्थित अजम्बरी सामुदायिक वनद्वारा निर्मित राजमार्ग क्षेत्रको सार्वजनिक शौचालयमा सेवाग्राहीमाथि भएको कुटपिट र अभद्र व्यवहारको घटनाले हामी सबैलाई गम्भीर रूपमा सोच्न…
देउखुरीमा माटोले पुरिँदा १५ वर्षीय बालकको मृत्यु
घरसञ्चार दाङ । देउखुरीमा माटोको ढिस्कोले पुरिँदा १५ वर्षीय एक बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका २ बेलास्थित दुर्गा सामुदायिक वनभित्र ट्रयाक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर बालक पुरिएका हुन । प्रहरीका अनुसार शनिबार राति करिब ९ बजे दुई जना बालक ट्र्याक्टरसँगै माटो लिन गएका थिए…
लमही-७ मा अटोको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु
घरसञ्चार दाङ, साउन ७ । दाङको लमही नगरपालिका-७ कप्तानगञ्जमा अटोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बिहीबार बेलुका करिब ७:४५ बजे लमहीबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ह ३७४१ नम्बरको अटोले पूर्वतर्फ पैदल हिँडिरहेका लमही नगरपालिका ७ कप्तानगञ्ज निवासी ७२ वर्षीय रामबहादुर घर्ती मगरलाई पम्प नजिक ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।…
प्रहरीको कडाइ: भालुवाङमा फेरि १ लाख मूल्य बढिको युरिया मल बरामद
घरसञ्चार दाङ, साउन ७ । दाङको राप्ती गाउँपालिका-१ भालुवाङस्थित पूर्व-पश्चिम राजमार्गमा प्रहरीले बिलबिजकविहीन ४५ बोरा युरिया मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङको सक्रियतामा भएको यो कारबाही एक साताभित्रकै दोस्रो ठूलो सफलता हो । प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ बजे सवारीसाधन चेकजाँचका क्रममा बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरिएको हो…
दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई पुरुष मृत फेला
घरसञ्चार दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । स्थानीयवासीले निर्माणाधीन भवनको पानी ट्याङ्कीभित्र दुई जनाको शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ । प्रहरीका अनुसार मृतक…
















