गढवाका विद्यार्थीलाई आत्मरक्षा तालिम प्रदान

निराजन यादव

गढवा, दाङ । दाङको गढवा गाउँपालिका-२ पचहियास्थित श्री माध्यमिक विद्यालयमा अध्ययनरत किशोर-किशोरीहरूलाई आत्मरक्षा (Self-Defence) सम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको छ ।

Her International को आर्थिक सहयोग तथा Creating Possibilities (CP Nepal) को आयोजनामा सञ्चालित ‘We Create (हामी सिर्जनशील)’ कार्यक्रमअन्तर्गत विद्यार्थीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन गरिएको हो । तालिमका क्रममा तेक्वान्दो प्रशिक्षक रिशिराज चौधरी, तेक्वान्दो प्रशिक्षक गुरु किरण पौडेल र तेक्वान्दो प्रशिक्षक बशन्ती चौधरीले विद्यार्थीहरूलाई आत्मरक्षाका विभिन्न सीप, प्रविधि तथा व्यवहारिक विधिबारे प्रशिक्षण दिएका थिए ।

उनीहरूले सम्भावित जोखिम तथा हिंसाजन्य घटनाबाट आफूलाई सुरक्षित राख्ने उपाय, शारीरिक प्रतिरक्षा र आत्मविश्वास अभिवृद्धिका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।कार्यक्रमबारे जानकारी दिँदै CP Nepal का कार्यकारी निर्देशक दिनेशराज सापकोटाले किशोर-किशोरीहरूलाई आत्मरक्षासम्बन्धी ज्ञान र सीप प्रदान गर्नुका साथै उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र व्यक्तित्व विकासमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । आत्मरक्षा तालिमले विद्यार्थीहरूलाई सम्भावित जोखिमको पहिचान गर्न, कठिन परिस्थितिमा संयमित रहन तथा आफ्नो सुरक्षा आफैँ गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।विद्यालयस्तरमै सञ्चालन गरिएको यस्ता व्यावहारिक प्रशिक्षण कार्यक्रमले किशोर-किशोरीहरूमा आत्मविश्वास, अनुशासन र आत्मनिर्भरता विकास गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *