देउखुरीमा माटोले पुरिँदा १५ वर्षीय बालकको मृत्यु

घरसञ्चार दाङ । देउखुरीमा माटोको ढिस्कोले पुरिँदा १५ वर्षीय एक बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका २ बेलास्थित दुर्गा सामुदायिक वनभित्र ट्रयाक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर बालक पुरिएका हुन । प्रहरीका अनुसार शनिबार राति करिब ९ बजे दुई जना बालक ट्र्याक्टरसँगै माटो लिन गएका थिए…

Read More

लमही-७ मा अटोको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु

घरसञ्चार दाङ, साउन ७ । दाङको लमही नगरपालिका-७ कप्तानगञ्जमा अटोको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बिहीबार बेलुका करिब ७:४५ बजे लमहीबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ह ३७४१ नम्बरको अटोले पूर्वतर्फ पैदल हिँडिरहेका लमही नगरपालिका ७ कप्तानगञ्ज निवासी ७२ वर्षीय रामबहादुर घर्ती मगरलाई पम्प नजिक ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।…

Read More

दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई पुरुष मृत फेला

घरसञ्चार दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । स्थानीयवासीले निर्माणाधीन भवनको पानी ट्याङ्कीभित्र दुई जनाको शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ । प्रहरीका अनुसार मृतक…

Read More

राप्ती नदीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

भिसुन शाही दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ पुल्चोक निवासी शिव बहादुर खत्रीका १३ वर्षीय छोरा सुशान्त खत्रीको राप्ती नदीमा डुबेर दुःखद मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार शुक्रबार दिउँसो करिब १ बजेदेखि १ः३० बजेको बीचमा राप्ती नदीमा डुबेका सुशान्तलाई तत्काल उद्धार गरी उनका बुवा शिवबहादुर खत्रीले भालुबाङ अस्पताल पुर्‍याएका थिए । तर अस्पतालले उनलाई…

Read More

ट्रकको पछाडी मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक जना गम्भीर घाइते

घरसञ्चार दाङ, जेष्ठ २६ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-५ रातोडाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मंगलबार बिहान करिब ४ बजे ना ५ ख ९३३६ नम्बरको ट्रक बिग्रिएर सडक किनारमा रोकिएको अवस्थामा रहेको बेला लु १२ प ९८४० नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको…

Read More

लमहीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

घरसञ्चार दाङ । लमहीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको गेरुवा गाउँपालिका ४ निवासी अन्दाजी ३५ वर्षीय खिमराज तिमल्सिना रहेका छन । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अमिलियाबाट लमहीतर्फ आउँदै गरेको लु २ च ९६१७ नम्बरको पिकअप भ्यानले काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको बा ६५ प १८८४ नम्बरको मोटरसाइकललाई लमही…

Read More

टिप्परले ठक्कर दिँदा संगै अस्ताए बाबू-छोरा

घरसञ्चार दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-५ गुल्मचोकमा सोमबार टिप्पर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा लमही नगरपालिका-५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराज नेपाली गम्भीर घाइते भएका थिए । दुवैलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनामा…

Read More

ओभरटेक गर्ने क्रममा बोलेरोमा मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

घरसञ्चार दाङ । दाङको लमही नगरपालिका-७ हसनापुरमा बोलेरो गाडीको पछाडी मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । सुर्खेतबाट काठमाण्डौ जाँदै गरेको कर्णाली प्रदेश ०२००२ प ८२०३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा भे १ च २११३ नम्बरको बोलेरो गाडीको पछाडि ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका-१० निवासी…

Read More

अर्घाखाँचीको सितगंगामा स्कुटर दुर्घटना, चालक घाइते

भिसुन शाही भालुबाङ । अर्घाखाँचीको सितगंगा वडा नम्बर- ८ सातमारामा स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । नेपालगञ्जबाट गोरु सिङे तर्फ जाँदै गरेको स्कुटर धानखोलाबाट भालुबाङतर्फ आउँदै गरेको टिपरको पछाडिको भागमा ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा बाँकेको राप्ती सोनारी गाउँपालिका निवासी २७ वर्षीय नातिस अहमद मनियार घाइते भएका छन् । बा प्र…

Read More

दाङको गढवामा बाेलेराे जिप दुर्घटना, चारजना घाइते

शिवु खनाल देउखुरी, ५ बैशाख । दाङको देउखुरी स्थित गढवामा बाेलेराे पिकअप जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । शनिबार दिउँसो करिब ३:५० बजे गढवा गाउँपालिका वडा नम्बर ८ चिसापानी स्थित बाेलेराे पिकअप जिप दुर्घटना हुदा चारजना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख डबल बहादुर बमले जानकारी दिए । चारजना मध्य…

Read More