राप्ती युवा हत्या प्रकरणमा एक युवती सहित तिनजना पक्राउ
घरसञ्चार दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ४,गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे ।हत्यामा संलग्न…
गढवामा ६९ औं राष्ट्रिय सहकारी दिवस सम्पन्न
आलोक भावुक गढवा, २० चैत्र । दाङ देउखुरीको गढवा गाउँपालिकामा ६९औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा गाउँपालिका स्तरीय सहकारी सञ्जालको आयोजनामा वडा नं. ४ को वडा कार्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको हो । गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा…
सुन्दर च्छो रोल्पा : शब्दमा नअटाउने मीठो यात्राको अनुभूति
लोकेश जोशी काठमाण्डौ । शहरको भीडभाड, कोलाहल, प्रदूषण, भागदौड अनि हतास- उफ् ! धुवाँधुलो र अनाहकको हतारबीच कहिलेकाहीँ मन रमाउन शान्त ठाउँ चाहिदो रहेछ, जहाँ शब्दभन्दा अनुभूति ठूलो होस् र गन्तव्यभन्दा यात्राको मिठास अझ धेरै होस् । त्यही अनुभूति खोजिरहने मन भुलाउन कतै जान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । साथीभाइसँग सल्लाह गरेँ अनि बन्यो…
प्रत्येक नागरिकको आवाज सुन्नमा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की
घरसञ्चार दाङ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रत्येक नागरिकको आवाज सुन्ने र पीडितमैत्री सेवा प्रवाहलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । देउखुरीको गढवा गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन । बेलायत सरकारको सहयोग तथा युएनओपीएस…
देउखुरीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
घरसञ्चार दाङ । लमही नगरपालिका ७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गमा गयराति बोलेरोको ठक्कबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका -६ बस्ने वर्ष ५५ का समुन्दर चौधरी रहेका छन । जिल्ला प्रहरी कार्यालय दाङको जानकारी अनुसार नारायणघाटबाट सुर्खेततर्फ जाँदै गरेको ग ३ च ४७७० नम्बरको बोलेरो पिकअप र पश्चिमबाट पुर्ब दिशातर्फ आउँदै…
महिला सामुदायिक भवन उद्घाटन, सशक्तीकरणमा टेवा पुग्ने विश्वास
घरसञ्चार देउखुरी । लमही नगरपालिका वडा नं. ७ अन्तर्गत जनकपुरमा निर्माण गरिएको “मिलिजुली महिला सामुदायिक भवन” एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले यस्ता संरचनाले महिला सशक्तीकरण र सामुदायिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख योगीले “जनतासँग उपमेयर” कार्यक्रममार्फत समुदायको आवश्यकता पहिचान गरी योजनाहरू…
लुम्बिनीबाट एसईईमा ८९ हजार विद्यार्थी सहभागी हुँदै, निर्धक्क भएर परीक्षा दिन मुख्यमन्त्रिको आग्रह
घरसञ्चार दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आजबाट सुरु हुन थालेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी सम्पूर्ण परीक्षार्थीहरुलाई डर, त्रासविना उच्च मनोबलका साथ परीक्षा दिन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले परीक्षा स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय प्रशासन, स्थानीय तह,…
केसीको निधनप्रति नेपाली काँग्रेस ७ नम्बर वडा समितीद्वारा शोक सभा सम्पन्न
घरसञ्चार देउखुरी । ७६ वर्षको उमेरमा डिल्लि बहादुर केसी (खनाल) को निधन भएको छ । उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली काँग्रेस लमही नगरपालिका–७ नम्बर वडा समितिले एक शोक सभा आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको छ । वडा सभापति सालिकराम चौधरीको अध्यक्षता तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहन गिरीको प्रमुख आतिथ्यतामा शोकसभा भएको हो…
‘वडाध्यक्ष कप फुटबल’ प्रतियोगिताको उपाधी कमानपुर युवा क्लबलाई
घरसञ्चार देउखुरी । वडाध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत लमही नगरपालिका वडा नम्बर ७ मा जारी प्रतियोगिता सम्पन्न भएको छ । प्रतिस्पर्धात्मक खेलहरुका बीच कमानपुर युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो । फाइनल खेलमा कमानपुर युवा क्लब र नवज्योती युवा क्लबबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । खेलको सुरुवातमै नवज्योती युवा क्लबले अग्रता…
भालुवाङ अस्पताललाई ३८ लाखका अत्याधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण
भिसुन शाही दाङ, चैत ९ । भालुवाङस्थित भालुवाङ अस्पताललाई लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन र ३२५ पीको सहयोगमा करिब ३८ लाख रुपैयाँ बराबरका दुई अत्याधुनिक स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । सोमबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच फुल्ली अटोमेटिक एनालाइजर र लुमिनेसेन्स इम्युनोअसे (थाइराइड तथा हर्मोन परीक्षण) मेसिन अस्पताललाई प्रदान गरिएको हो । यी…














