ट्यांकी सरसफाइका लागि लमहीमा २० घण्टा खानेपानी सेवा प्रभाबित हुने
घरसञ्चार लमही । रातोडाँडास्थित मुख्य खानेपानी ट्यांकीको सरसफाइ तथा मर्मत कार्यका कारण लमही क्षेत्रमा करिब २० घण्टासम्म खानेपानी वितरण बन्द हुने भएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अनुसार साउन २ गते आज शनिबार बेलुका ४ बजेदेखि साउन ३ गते आइतबार दिउँसो १२ बजेसम्म खानेपानी वितरण पूर्ण रूपमा प्रभावित हुनेछ । संस्थाका अध्यक्ष…






