लमही-१ को दुर्गम बस्ती बसन्तपुर (सित्लापुर) मा पुगेर नागरिकको अवस्था बुझ्दै नगरप्रबक्ता गिरी

घरसञ्चार

दाङ । लमही नगरपालिका-१ मा पर्ने बसन्तपुर (सित्लापुर) नगरपालिकाकै दुर्गम तथा विकट बस्तीमध्ये एक हो । उत्तरतर्फ पहाडको चुचुरोमा अवस्थित यस बस्तीका नागरिकले भोग्दै आएका समस्या, स्वास्थ्य तथा शिक्षाको अवस्था र राज्यबाट प्राप्त हुँदै आएका सेवा-सुविधाका विषयमा जनप्रतिनिधिले स्थलगत रूपमा जानकारी लिनुभएको छ ।

लमही नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष बस्तीमै पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै त्यहाँको वास्तविक अवस्था बुझ्नुभएको हो । सो क्रममा स्थानीयवासीसँग स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधार तथा नगरपालिकाबाट उपलब्ध हुँदै आएका विभिन्न सेवा-सुविधाका विषयमा जानकारी लिनुभएको थियो । यस्तै, बस्तीमा रहेका शिक्षा तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूसँग समेत भेटघाट गरी विद्यालयको शैक्षिक अवस्था, विद्यार्थीको अवस्था, स्वास्थ्य सेवाको पहुँच, स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको सेवा तथा स्थानीय नागरिकले भोग्दै आएका समस्याबारे जानकारी लिनुभएको छ ।

भौगोलिक रूपमा विकट क्षेत्रमा रहेको बसन्तपुर (सित्लापुर) का नागरिकका आवश्यकता र समस्यालाई नजिकबाट बुझ्दै जनप्रतिनिधिले बस्तीको विकास, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तार र नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने विषयमा चासो व्यक्त गर्नुभएको छ । स्थानीय नागरिक, शिक्षा तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी संकलन गरिएको जानकारीले आगामी दिनमा बस्तीको आवश्यकता पहिचान गरी योजना निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *