लमही-७ मा कांग्रेस वडा समिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन

घरसञ्चार दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लमही नगरपालिका-७ को वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन् । वडा अधिवेशनले प्रेमलाल चौधरीको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो ।अधिवेशन वडा सभापति शालिकराम चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा प्रमुख अतिथि मोहन गिरीले वडा तहबाटै…

Read More

गढवाका जनप्रतिनिधि र शाखा प्रमुखसहित ११ जना विरुद्ध अख्तियारमा मुद्दा दर्ता

निराजन यादव गढवा, दाङ । गढवा गाउँपालिकाका जनप्रतिनिधि तथा शाखा प्रमुखसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ ।गाउँपालिकासँग सम्बन्धित विषयमा अनियमितता भएको आरोपसहित उनीहरूविरुद्ध आयोगमा उजुरी तथा मुद्दा दर्ता भएको जनाइएको छ । उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक प्रक्रिया अघि बढाएको जानकारी प्राप्त भएको छ । मुद्दा दर्ता भएपछि…

Read More

देउखुरी उद्योग वाणिज्य संघको १३औँ पद हस्तान्तरण तथा शपथग्रहण सम्पन्न

घरसञ्चार दाङ । देउखुरी उद्योग वाणिज्य संघ, लमहीको १३औँ पद हस्तान्तरण तथा शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संघको नवनिर्वाचित कार्यसमितिलाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्नुका साथै नयाँ पदाधिकारीहरूले शपथग्रहण गरेका छन् । कार्यक्रम संघका अध्यक्ष कमलजंग सिंह ठकुरीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो…

Read More

कोषाध्यक्ष नै कालोसुचीमा परेपछि लमही खानेपानीका सबै खाता बन्द, कारोबार प्रभावित

घरसञ्चार दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका विभिन्न बैंकमा सञ्चालनमा रहेका बैंक खाताहरू धमाधम बन्द भएपछि संस्थाको आर्थिक तथा दैनिक प्रशासनिक कारोबार प्रभावित भएको छ । संस्थाका अनुसार लमहीका अधिकांश बैंक शाखामा सञ्चालनमा रहेका खातामध्ये पछिल्लो पटक भदौ ८ गते कुमारी बैंक लमही शाखाको खाता समेत बन्द भएको छ ।संस्थाका कोषाध्यक्ष श्यामलाल भण्डारी…

Read More

जन्माष्टमीको अवसरमा देउखुरी पब्लिक स्कुलको भवन निर्माण सुरु

निराजन यादव ‎दाङ । श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालय, लमही-६, देउपुरले आफ्नो नयाँ विद्यालय भवन निर्माणको औपचारिक शुभारम्भ गरेको छ ।‎‎विद्यालयको शैक्षिक पूर्वाधारलाई थप व्यवस्थित, आधुनिक र विद्यार्थीमैत्री बनाउने उद्देश्यसहित नयाँ भवन निर्माण कार्य सुरु गरिएको विद्यालयले जनाएको छ । नयाँ भवन निर्माणसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि थप सहज, सुरक्षित…

Read More

देउखुरीको मौरिघाटमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सञ्चालन

भिसुन शाही देउखुरी । दाङको राप्ती गाउँपालिका-४ श्रीनारायण चोक, मौरिघाटमा रहेको राष्ट्रिय वाणिज्य बैंक, देउखुरी शाखाले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रबारदेखि एटीएम सेवा सुरु गरेसँगै मौरिघाट तथा आसपासका क्षेत्रका नागरिकलाई नगद झिक्न तथा आवश्यक बैंकिङ कारोबार गर्न थप सहज हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंकको देउखुरी शाखा…

Read More

दिदीलाई माइती ल्याउन भाइको संघर्ष, सार्वजनिक भयो ‘तीजैमा दिदी’

घरसञ्चार देउखुरी । पछिल्लो समय तीज गीतमा मौलिकता हराउँदै गएको गुनासो भइरहेका बेला देउखुरीका नव उदयमान कलाकारहरूको विशेष अभिनय रहेको मौलिक तीज गीत ‘तीजैमा दिदी’ सार्वजनिक भएको छ ।देउखुरीका कलाकार श्रीधर कडेल, सिर्जना खड्का र सन्तोषकुमार गुप्ताको विशेष अभिनय रहेको ‘तीजैमा दिदी’ बुधबार दिउँसो ५ बजे गायक श्रीधर कडेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो…

Read More

गढवाको सार्वजनिक सुनुवाइ : समयमा सुचना नपाएको नागरिकको गुनासो

ओमप्रकाश गुप्ता गढवा २९ साउन । दाङको गढवा गाउँपालिकाका नागरिकहरूले गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सूचना प्रभावकारी नभएको गुनासो गरेका छन् । राप्ती प्रेस मञ्चको सहजीकरणमा बिहीबार गढवा गाउँपालिका-७ को वडा कार्यालय मानपुरमा आयोजित आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी नागरिकहरूले गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा, सुविधा तथा…

Read More

शिव पुराण महायज्ञ सम्पन्नपछि सहमति अनुसार रकम नतिर्दा विवाद

घरसञ्चार दाङ । लमहीस्थित सार्वजनिक बगैंचामा सञ्चालन गरिएको शिव पुराण महायज्ञ सम्पन्न भइसकेपछि कार्यक्रमका लागि उपलब्ध गराइएको स्थान, तिर्नुपर्ने शुल्क तथा राजस्व सम्बन्धी विषयमा यतिबेला विभिन्न पक्षका फरक फरक धारणा सार्वजनिक भएका छन् । परोपकार अमृत नेपालले आयोजना गरेको शिव पुराण महायज्ञका लागि सार्वजनिक बगैंचा उपलब्ध गराइदिन भन्दै २०८३ असार १६ गते लमही बजार टोल…

Read More

युवा चेम्बरद्वारा अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो, स्वदेशमै पसिना बगाऔँ:मन्त्री चौधरी

ओमप्रकाश गुप्ता सिसहनियाँ २८ साउन । दाङको राप्ती गाउँपालिकामा रहेको युवा चेम्बर अफ कमर्सले २७ औँ अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रम मनाएको छ । राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सले बुधबार राप्ती गाउँपालिका-१ पाखापानीमा ‘राष्ट्र निर्माणमा युवाको भूमिका’ विषयक खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरि मनाएको हो ।‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल…

Read More