महाशिवरात्रीको अबसर पारी जखेरातालमा सांस्कृतिक महोत्सव हुँदै

घरसञ्चार
दाङ । महाशिवरात्रीको अवसरमा लमहीमा रहेको जखेराको लेकसाइडमा सांस्कृतिक महोत्सव शुरु हुँदैछ ।

जखेरा शिवालय धार्मिक पर्यटन संरक्षण विकास प्रतिष्ठानको आयोजनामा यहि फागुन १४ गतेदेखि १७ गतेसम्म हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसरमा वृहत सांस्कृतिक महोत्सव आयोजना गरिएको हो ।
ताल तलैयाको संरक्षण गरौँ, पर्या पर्यटनमा टेवा पुर्याऔँ भन्ने मुख्य उद्देश्यले शिवरात्रीको दिन १४ गतेदेखि १७ गतेसम्म जखेरा ताल प्रङ्गणमा सांस्कृतिक महोत्सव हुने आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय कलाकार चक्र बम, अनु चौधरी, प्रिति पासवान, सिमरन परियार, नरेश जोगी, सोनु कुश्मी, अनुप बुढा मगर, निशु सेरपाइली, दिपक बर्मा लगायत स्थानीय कलाकारहरुको प्रस्तुतीका साथै मन्दिर परिसरमा पूजाका लागि समेत व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *