लमहीमा मोटरसाईकल र स्कुटी आपसमा ठोक्किदा ४ जना घाईते

घरसञ्चार
दाङ । लमहीमा मोटरसाईकल र स्कुटी दुर्घटना हुँदा ४ जना घाईते भएका छन ।
मँगलबार बेलुका साढे ४ बजे लमहीको अस्पताल चोकमा पुर्बतर्फ जाँदै गरेका मोटरसाईकल र स्कुटी आपसमा दुर्घटना हुँदा ४ जना घाईते भएका हुन । लमही बजारबाट टिकुलीगढ तर्फ जाँदै गरेको रा ४ प ५३४१ नम्बरको स्कुटि र सोहि दिशा तर्फ जाँदे गरेको रा ५ प १७०९ नम्बरको मोटरसाईकल लमही-४ अस्पताल चोकमा एक-आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाईकल चालक दाङ लमही-३ टिकुलीगढ बस्ने बर्ष ४३ का दिपेन्द्र बलि, पछाडी सवार बलीकि छोरी बर्ष ९ कि प्रियंका बलि, स्कुटि चालिका दाङ लमही-५ बस्ने बर्ष ३५ कि सरिता भुसाल र उनकि छोरी पछाडी सवार बर्ष १० कि साईसा भुसाल घाईते भएका छन । घाईते चारैजनाको लमही अस्पतालमा उपचार भईरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुषालले जानकारी दिए ।