लमही-७ स्थित शिव मन्दिरमा सप्ताह महायज्ञ शुरु हुँदै

घरसञ्चार
देउखरी । लमही नगरपालिका वडा नम्बर ७ स्थित शिव मन्दिर धाममा बुधवारदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु हुँदैछ ।

महा शिबरात्रीको अबसर पारी यही फागुन १४ गतेदेखि २१ गतेसम्म महायज्ञको आयोजना गरिएको कमानपुर टोल विकास संस्था लमही-७ का अध्यक्ष तिलक चौधरीले जानकारी दिए । फागुन १४ गते विहान ७ बजे शिव मन्दिर परिसरमा कलश यात्रा गरिने र दिउँसो १ बजे महायज्ञको समुद्घाटन हुने कार्यक्रम तय भएको छ । नियमित सत्सङ्ग, आध्यात्मिक प्रवचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महायज्ञको शुरुवात गरिएको अध्यक्ष चौधरीले बताए । महायज्ञमा पण्डित श्री परशु राम पाण्डेले कथा वाचन गर्ने कार्यक्रम रहेको छ । धार्मीक तीर्थस्थलका रुपमा स्थापित हुन थालेको लमही नगरपालिका वडा नम्बर ७ कमानपुर स्थित शिव मन्दिर धाममा पहिलोपटक श्रीमद भागवत महापुराण हुने भएको हो, उनले भने,–। ‘शिव मन्दिर धामको समग्र भौतिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापना सहयोगर्थको लागि फागुन १४ गतेदेखि २१ गतेसम्म श्रीमद भागवत महापुराण प्रवचनको आयोजना गर्न थालिएको हो ।

उनले महायज्ञमा श्रृँगारिक महाआरती, प्राण प्रतिष्ठा महायज्ञ हुने बताउँदै महायज्ञमा श्रीमद भागवत महापुराण सप्ताह धनधान्यञ्चल ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरती २०८१ मा नेपालकै ख्याती प्राप्त प्रखर वक्ता श्रद्धेय परशु राम पाण्डेको मुखारविन्दबाट सुमधुर शैलीमा कथा वाचन गरिने बताए । आयोजकले राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुका साथमा भजन कृतन देवलिला झाँकी तथा चेतनामूलक नाटक हुने भएको हुदाँ समग्र लमही नगरबासीहरुलाई श्रीमद भागवत महापुराणमा उपस्थितीको लागि अनुरोध गरेको छ ।

महायज्ञमा वाराणसीको गंगाघाट र पशुपतिनाथको गंगाघाटमा हुने संगीतमय आरती, पञ्चकुण्डमा हवन अनुुष्ठान, भगवान शंकरको रुद्राभीषेक हुने पनि जनाइएको छ । धार्मीक तीर्थस्थलका रुपमा स्थापित हुन थालेको लमही नगरपालिका वडा नम्बर ७ कमानपुर स्थित शिव मन्दिर लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय र सम्राट सिमेन्ट कम्पनीको आर्थिक सहयोग एबम् जनश्रमदानमा निर्माण गरिएको हो ।
फागुन १४ गतेदेखि सुरु हुने भागवत महापुराणको उद्घाटन लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा लमही नगरपालिकाका प्रवक्ता मोहन गिरीले गर्ने कार्यक्रम तय भएको छ । साथै कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको अध्यक्ष चौधरीले बताए । यता लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा लमही नगरपालिकाका प्रवक्ता मोहन गिरीले शिव मन्दिर धामका लागि वडाले गर्नुपर्ने सहयोग सदैब गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *