भालुको आक्रमणबाट एकजना गम्भीर घाईते

घरसञ्चार
दाङ । भालुको आक्रमण बाट देउखुरीमा एक जना गम्भीर घाइते भएका छन ।
घाइते हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ४ फोहोरा निवासी वर्ष ५५ का बालकराम यादव रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । उनी सोमबार घुर्रो काट्नभनि जँगल गएको बेला भालुको आक्रमणमा परेका हुन । लमही नगरपालिका -८ जुरपानी सामुदायिक वनमा घसर्रो काट्नभनि गएका थिए । यादव साँझ अबेरसम्म घर नफर्किए पछी आफन्तहरु खोज्दै जाने क्रममा सोहीदिन बेलुका ४ बजेतिर घाइते अवस्थामा फेला परेका थिए ।

यादवलाई घाइते अवस्थामा फेला पारेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । सतबरिया प्रहरी चौकीका प्रमुख असई मान बहादुर नेपालीको टोलीले घटनास्थल पुगेर उनलाई उपचारका लागि लमही अस्पताल पठाएको हो । घाइतेले बताए अनुसार उनलाई दुईवटा भालुले आक्रमण गरेका थिए ।