RSS को निम्तोमा देउखुरी उबा संघ परिवार भारत प्रस्थान हुने

घरसञ्चार

दाङ । देउखुरी उद्योग बाणिज्य संघको परिवार होली मिलन कार्यक्रम मनाउन भारत प्रस्थान गर्ने भएको छ ।
राष्ट्रीय स्वयंसेवक संघ (RSS) बलरामपुर जिल्ला समिती भारतको निम्तोमा बाणिज्य परिवार आज शुक्रबार होली मिलन कार्यक्रममा सहभागी हुने भएको बाणिज्य संघका अध्यक्ष कमल जँग सिँह ठकुरीले जानकारी दिए ।

नेपाल भारत सिमा स्थित कोईलाबास नाकामा भारतिय शसस्त्र प्रहरी बल (एसएसबि)को कार्यालयमा दिउँसो २ बजे होलि मिलन कार्यक्रम तय भएको छ । देउखुरी उद्योग बाणिज्य संघले निम्तो दिन आएका राष्ट्रीय स्वयं सेवक संघ बलरामपुर भारतका टोली लाई निम्तो स्विकार्दै स्वागत सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *