ट्रकको पछाडी मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक जना गम्भीर घाइते

घरसञ्चार

दाङ, जेष्ठ २६ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-५ रातोडाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मंगलबार बिहान करिब ४ बजे ना ५ ख ९३३६ नम्बरको ट्रक बिग्रिएर सडक किनारमा रोकिएको अवस्थामा रहेको बेला लु १२ प ९८४० नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका-७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको जनाएको छ ।

मोटरसाइकलमा सवार अन्दाजी ३२ वर्षीय सोही ठाउँ निवासी धनिराम चौधरी घाइते भएका छन् । उनको हाल राप्ती स्वास्थ्य बिज्ञान प्रतष्ठान घोराहीमा उपचार भइरहेको छ । ट्रकको पछाडी मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । दुबै सवारी पश्चिम तर्फ जाँदै गरेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *