मोटरसाईकलको ठक्करबाट साइकलयात्री घाइते

घरसञ्चार

दाङ । लमही नगरपालिका-७ उच्चानिम्बुमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिला घाइते भएकी छन् ।

बुधबार बिहान करिब ९ः५४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत उच्चानिम्बुमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २-०३-००५ प ८१८९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फबाट बाटो क्रस गर्दै गरेकी साइकलयात्री लमही नगरपालिका-७ कप्तानगञ्ज निवासी अन्दाजी ३० वर्षीया गीता केसीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा केसीको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । उनलाई लमही अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि घोराही स्थित संजिवनी हस्पिटलमा रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् मोटरसाईकल चालक राजपुर-७ सिक्टा निवासी तुल बहादुर ओली स्वयम् उपचारमा संलग्न छन । मोटरसाइकल र साइकलसमेत प्रहरी चौकी सतबरियाको नियन्त्रणमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *