कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

घरसञ्चार

दाङ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ ।

रोल्पा जिल्ला अदालतको मिति २०७० वैशाख ३१ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका श्यामबहादुर झाक्रीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार झाक्रीलाई मिति २०८३ साउन २८ गते दाङको राजपुर गाउँपालिका-७, भौवाबाट पक्राउ गरिएको हो । पक्राउ परेका झाँक्रीलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गढवामा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *