प्रहरीको कडाइ: भालुवाङमा फेरि १ लाख मूल्य बढिको युरिया मल बरामद

घरसञ्चार

दाङ, साउन ७ । दाङको राप्ती गाउँपालिका-१ भालुवाङस्थित पूर्व-पश्चिम राजमार्गमा प्रहरीले बिलबिजकविहीन ४५ बोरा युरिया मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङको सक्रियतामा भएको यो कारबाही एक साताभित्रकै दोस्रो ठूलो सफलता हो ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ बजे सवारीसाधन चेकजाँचका क्रममा बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरिएको हो । बरामद मलको अनुमानित मूल्य रु. १ लाख १ हजार २५० रहेको छ । बरामद गरिएको मल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि पनि इलाका प्रहरी कार्यालय भालुवाङले करिब एक साताअघि रु. ३ लाख बराबरको बिलबिजकविहीन मल बरामद गरेको थियो । लगातार भइरहेको बरामदीले अवैध रूपमा मल ओसारपसार गर्ने गतिविधिविरुद्ध प्रहरीले चेकजाँचलाई थप प्रभावकारी बनाएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *