भालुवाङ प्रहरीको सफलता-३ लाख बराबरको अबैध युरिया मल बरामद

भिसुन शाही

भालुवाङ । इलाका प्रहरी कार्यालय भालुवाङ, दाङबाट खटिएको प्रहरी चेकिङ टोलीले बिलबिजक विहीन ठूलो परिमाणको युरिया मल बरामद गरेको छ ।

प्रहरीका अनुसार मिति २०८३ साल असार ३२ गते बिहान करिब २:०० बजे राप्ती गाउँपालिका-१ भालुवाङ चोकस्थित पूर्व-पश्चिम राजमार्गमा सवारी साधनहरूको नियमित चेकजाँच गर्ने क्रममा बिलबिजक विहीन १४० बोरा युरिया मल बरामद गरिएको हो । बरामद गरिएको युरिया मलको अनुमानित मूल्य करिब ३ लाख १ हजार रूपैया रहेको प्रहरीले जनाएको छ । उक्त मल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तु पठाइएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक गोपाल न्यौपाने का अनुसार रातिको समयमा विभिन्न सवारी साधन तथा व्यक्तिहरूबाट संकलन गरी ल्याइएको अवस्थामा उक्त युरिया मल बरामद गरिएको हो । भालुवाङ प्रहरीले हालसम्मकै ठूलो परिमाणमा बिलबिजकविहीन युरिया मल बरामद गर्न सफल भएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *