लमहीमा स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते

घरसञ्चार

दाङ । दाङको लमही नगरपालिका-६ अर्जुनखोलामा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार बाटो क्रस गर्ने क्रममा पछाडिबाट आएको मोटरसाइकलले शुक्रबार बेलुका करिब साढे ४ बजे स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक ४० वर्षीया सीमा चौधरी घाइते भएकी छन् । लमही नगरपालिका-७ बन्गै घर भएकी चौधरी अर्जुन माध्यमिक विद्यालय हसनापुरकी शिक्षिका हुन् । विद्यालयमा पढाएर देउपुर तर्फ जाने क्रममा दुर्घटनामा परेकी चौधरीको दाहिने हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।

चौधरीले चलाएको लुम्बिनी प्रदेश ०२-००२ प ६०७३ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०२-०४९ प ८७५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक २० वर्षीय सुदीप रोका र मोटरसाइकलमा सवार २१ वर्षीय सुमन रोकाय पनि घाइते भएका छन् । कञ्चनपुर घर भएका रोका काठमाडौं जाँदै गरेको बताइएको छ । रोकायको खुट्टामा चोट लागेको छ । घाईते तिनैजनाको लमहीमा अस्पतालमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *