देउखुरीमा मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु

घर सञ्चार
दाङ । दाङको लमहीमा मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि कोहलपुर-१० बाँके घर भएका पोष्कर बहादुर सुनारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ । मृतक सुनार रा ३ प ७११४ नम्बरको मोटरसाइकलमा तुलसीपुरदेखि अमिलिया हुँदै लमहीतिर आउँदै गर्दा सोमबार बिहान ९:३० बजेको समयमा दुर्घटनामा परेका थिए ।

पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नम्बर ८ असानीमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेका थिए । दुर्घटना स्थलमा खटिगएका सतबरिया प्रहरी चौकिका ईन्चार्ज कुलबहादुर लामछानेका अनुसार उनको टाउकोमा गम्भीर चोट थियो । गम्भीर घाइते भएका सुनारको लमही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । उनी घोराहीमा बसेर ब्यबसाय गर्दै आईरहेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *