तुलसीपुर-अमिलिया सडकखण्डमा मनपरी भाडा असुली

घरसञ्चार
दाङ । दाङको तुलसीपुर-अमिलिया सडकखण्डमा सवारीले यात्रुबाट मनपरी भाडा असुली रहेका छन ।
राप्ती राजमार्ग अन्तरगत पर्ने उक्त सडकखण्डमा यातायात ब्यबसायीले चर्को भाडा असुल्दा यात्रु मर्कामा परेका छन ।
यात्रुले यात्रा गर्दा एकसय असि देखि दुईसय रुपैया सम्म भाडा तिर्नुपर्ने बाध्यता रहेको अमिलिया बजार ब्यबस्थापन समितीका अध्यक्ष गणेश कुमार डाँगीले बताए । गाडी रोक्दा सहचालकले भाडाको बार्गेनिङ गर्ने र उनले भने बमोजिम भाडा तिर्न नसक्ने भएपछि गाडीमै चढाउन आनकानी गर्ने गरेको डाँगीले बताए । उक्त सडकखण्डमा बिगत बर्षदेखी नै मनपरी भाडा असुल्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको उनको गुणासो छ ।
‘महँगो भाडाकै कारण कतिपय यात्रु बाटोमै अलपत्र हुँदापनि कसैले ध्यान दिएन डाँगीले भने-ठुलालाई चेन, सानालाई मनपरी ऐन लागू भएको छ ।’
त्यसो त भाडादर सम्बन्धी प्रबधानमा पुर्ण पिचसडकमा यात्रा गर्दा प्रतिकिलोमिटर करिब ४ रुपैया सम्म भाडादर कायम छ ।कच्चिसडकमा भने यो दर बढ्न सक्छ । जिल्लाका सरोकारवाला हरुले कच्चि सडकको सन्दर्भमा ब्यबसायीको मर्कालाई बुझ्दै आपसी समझदारीमा भाडादर कायम गर्ने गर्छन । तुलसीपुर-अमिलिया सडकखण्ड पनि करिब ४ बर्षपहिले ५० प्रतिसत कच्चि थियो । यातायात ब्यबसायीको मर्कालाई बुझेर यात्रुले सजिलै १ सय असि देखि २ सय रुपैया सम्म भाडा तिर्ने गरेको चाँदनी टोलबिकाश समिती अमिलियाका सचिब कृष्ण कुमार थापाले बताए । तर पुर्णरुपमा सडक पिच भएपछि भाडादर घट्नुको साटो उल्टै भाडाकै कारण सवारीले यात्रा गर्नबाट बञ्चित गरिरहेको थापाको आरोप छ । उक्त सडकखण्ड पुर्णरुपमा पिच भएको करिब ४ बर्ष पूरा भयो । महँगो भाडा असुलेर सवारी सजिलै हुँईकिन सक्ने सडक निर्माण भएपनि त्यस सडकखण्डमा यात्रा गर्ने यात्रुलाई पिचको आभाष हुँदैन ।

तुलसीपुर-अमिलिया सडकखण्डको दुरी २९ किलोमिटर छ । सामान्यतया भाडादर सम्बन्धीको प्राबधान अनुसार प्रति किलोमिटरको बढिमा ४ रुपैयाका दरले पनि २९ किलोमिटरको १ सय १६ रुपैया हुन आउँछ । उक्त भाडादर तिर्नुपर्दा यात्रुलाई मर्का नपर्ने सबैको बुझाई छ । तर बार्गेनिङमै २ सय रुपैया तिर्नुपर्दा सामान्य नागरिकलाई हम्मे नै पर्छ । त्यसो त, घोराही-लमही सडकखण्डको दुरी २५ किलो मिटर छ । तर त्यहाँ यात्रागर्ने यात्रुले जम्मा ८० रुपैया तिर्ने गर्दछन । यो भाडादर प्रतिकिलोमिटर सरदरमा साढे तीन रुपैया मात्र हो । तर तुलसीपुर-अमिलिया सडकमा यात्रुले प्रतिकिलोमिटर ७ रुपैया सम्म तिर्न बाध्य छन ।
दुबै सडकखण्डको अबस्थालाई नियाल्दा पुर्णरुपमा पिच भएका छन । खासगरी कच्चि अबस्थामा हुँदाको तुलसीपुर-अमिलिया सडकखण्डको भाडादर पिच भईसक्दापनि यथावत रहेकोले यात्रु मर्कामा परिरहेका छन ।
समृद्ध जिल्लाको रुपमा परिचित दाङका सडकखण्डमा पनि कच्चि सडकको आभाष हुनेगरी भाडा असुलीले बिकाशको अनुभूति हुन सकिरहेको छैन ।
भाडादर घटाउनुपर्ने माग राख्दै जिप्रकामा ज्ञापनपत्र
तुलसीपुर-अमिलिया सडकखण्डको भाडादर घटाउनुपर्ने माग राख्दै अमिलियाका टोल बिकाश सँस्थाहरु र बजार ब्यबस्थापन समितीले सँयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।

सोमबार टोलबिकाशका पदाधिकारी, बजार ब्यबस्थापन समिती, पत्रकार लगायतको टोली जिप्रका पुगेर सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन । अमिलिया बजार ब्यबस्थापन समितीका अध्यक्ष गणेश कुमार डाँगी, चाँदनी टोलबिकाश सँस्थाका सचिब कृष्ण कुमार थापा, गायत्री टोलबिकाशका अध्यक्ष श्रिराम दहित, जलजला टोलबिकाशका अध्यक्ष केदार सिँह थापा र शिबशक्ति टोलबिकाशका अध्यक्ष किरिमलाल चौधरीको संयुक्त हस्ताक्षरित ज्ञापन पत्रमा पाँचदिन भित्र भाडादर संशोधन नभए चरमबद्व आन्दोलनमा जाने भनिएको छ । प्राबधान अनुसार बैज्ञानिक भाडादर कायम गरिनुपर्ने, गाडीभित्र यात्रुहरुले देख्नेगरी भाडादर टाँस गर्नुपर्ने लगायतको माग राखिएको छ । मागपुरा नभए चरमबद्व यात्रुबहाक सवारीसाधन केन्द्रित अनिश्चितकालिन चक्कजाम गरिने ज्ञापनपत्र मार्फत चेतवानी दिईएको छ । ज्ञापनपत्र सँगै अमिलियाका स्थानियबासीहरुको सर्बदलिय निर्णय समेत हस्तान्तरण गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले त्यस सडकको समस्या आफुले बुझेको र जति सक्दो चाँडै समस्या हल गरिने बताईन । पहिलेपनि उक्त सडकखण्डको भाडादरका बिषयमा छलफल भएको र टुँगो नलागेपछि रोकिएको बताईन ।
प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी सर हाल छुट्टीमा भएको र बिहिबार उहाँ आए लगत्तै छलफल अगाडि बढाउने सहायक प्रजिअ पुनले बताईन । ‘हामी छलफलमा जाने तयारीमै छौँ, त्यो सडकमा मात्र हैन अनेत्रपनि समस्या छ सहायक प्रजिअ पुनले भनिन्-जिल्लाभरीका समस्याहरु एकैचोटी छलफल हुनेछ, खासगरी अटोमा बढी समस्या देखिएको छ, त्योपनि छलफल बाट टुँगो लगाउने योजना छ ।’

उनले जिल्लाका सम्पुर्ण सरोकार वालाहरु, यातायात ब्यबसायी र समितीहरुसँगको छलफल बाट छिट्टै समस्याको हल गरिने जानकारी दिईन । अराजक प्रबृत्ती भन्दापनि आपसी समझदारीमा छलफलमा जुटेर समस्याको हल गर्नुपर्ने उनले बताईन । चक्काजाम, तोडफोडले समस्याको समाधान हुनुको साटो द्वन्द्व पैदा हुने र जसका कारण कसैको भलो नहुने बताउदै सहायक प्रजिअ पुनले सक्षम नागरिक भएपछि आपसी छलफलमा जानुपर्ने बताईन ।