पुलिस क्लबद्वारा एपीएफ विरुद्ध २ विकेटको जीत

घससञ्चार
दाङ । दाङको देउखुरीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा शुक्रबार भएको खेलमा विभागीय टीम नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई २ विकेटले पराजित गरेकाे छ ।
लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एपीएफ क्लबले दिएकाे ९५ रनकाे लक्ष्य पुलिस क्लबले २६ दशमलव २ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्याे । सामान्य लक्ष्य पछ्याएकाे पुलिसले जित निकाल्न संघर्ष गर्याे । आठ विकेट गुमाई सकेकाेे अवस्था दवावमा पुगेकाे पुलिस क्लबलाई गुल्सन झाले चाैका प्रहार गर्दै जित दिलाए । अभिशेष गाैतमकाे बललाई लेगसाईडकाे दिशा देखाउँदै बाउन्ड्री लगाउँदै एपीएफ विरुद्ध जित निकाले । गुल्सनले २ चाैकासहित अविजित १२ रन बनाए ।

कुशल भुर्तेलले २ चाैकासहित ३१ रन बनाउँदा अर्जुन साउदले ११ रन, रासिद खानले १० रनकाे याेगदान दिए । एपीएफका लागि भुवन कार्कीले ७ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर ३ विकेट लिए । यसैगरी, कप्तान राेहित पाैडेल र अभिशेष गाैतमले समान २-२ विकेट लिए । कमल ऐरीकाे नाममा १ विकेट रह्याे ।
यसअघि, विभागीय टीम एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ९५ रन बनाएकाे थियाे । टस जितेर पहिले ब्याटिङ गरेकाे एपीएफ क्लब २७ दशमलव ४ ओभरमा अलआउट हुँदै जम्मा ९४ रन बनायाे । नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले महत्त्वपूर्ण ६ विकेट लिएपछि एपीएफ ९४ रनमा समेटिएकाे थियाे । ललितले ७ दशमलव ४ ओभरमा जम्मा १८ रन खर्चेर ३ मेडनसहित ६ विकेट लिएपछि एपीएफकाे टीम सस्तैमा समेटियाे ।

एपीएफका लागि लाेकेश बमले २२ रन, आसिफ शेखले १८ रन, सन्दीप जाेराले २६ रन, अमर राैतेलाले १० रन जाेड्नु बाहेक अरु खेलाडी क्रिजमा टिक्न सकेनन् । ललितले आसिफ शेख, सन्दीप जाेरा, सुमित महर्जन, भुवन कार्की, कमलसिंह ऐरी र अभिशेष गाैतमलाई सिकार बनाउँदै ६ विकेट लिँदा सागर ढकाल, करण केसी, गुल्सन झा, कुशल भुर्तेलले समान १-१ विकेट लिए । पुलिलकाे जीत आधार तयार पार्न १८ रन दिएर ६ विकेट लिएका ललित नारायण राजवंशी प्लेयर अफ द म्याच भए ।

पछिल्लो पाँच खेलमा पुलिस क्लब अपराजित टीम हाे भने एपीएफले चारमा जित र २ मा हार व्यहाेरेकाे छ । एपीएफ विरुद्ध जित हासिल गर्दै पुलिस क्लबले अंक तालिकामा पनि सुधार गरेकाे छ । जितसँगै पुलिस क्लब तीन खेलमा सतप्रतिशत जित निकाल्दै अंक तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ भने एपीएफ क्लब तेस्रो स्थानमा झरेकाे छ । अंक तालिकाकाे शीर्ष स्थानमा त्रिभुवन आर्मी क्लब रहेकाे छ । जारी प्रतियोगितामा अब शनिबार मधेश प्रदेश र नेपाल पुलिस क्लब बिच बिहान ९ बजेपछि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् ।
