प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखी, देउखुरीमा १४ खेल हुने

घरसञ्चार
दाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।
प्रतियोगिता दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान, सिदार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदान गरि देशको तिनठाउँमा आजदेखि एकैपटक सञ्चालन हुन लागेको हो । प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय गरि १० टोलीको सहभागिता रहने छ । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ । लमहीको लागि यो प्रतियोगिता हालसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हो ।
देउखुरी क्रिकेट मैदानमा ४७ खेलमध्य १४ खेल देउखुरी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मथरले बताए ।
नेपाल क्रिक्रेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङ्ले प्रतियोगिता भव्य र व्यवस्थित बनाउन सबै तयारी पुरा भएको बताए । स्थानीय निकाय, खेलप्रेमी, तथा विभिन्न संघसंस्थाको सहयोगबाट खेलाडी र दर्शकलाई उत्कृष्ट वातावरण प्रदान गरी क्रिक्रेट प्रतियोगितालाई सफल पार्ने लक्ष्य लिएको उनले बताए । गुरुङले खेलाडीलाई दक्ष बनाउन र प्रतिस्पर्धामा ल्याउन नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा नेपालमा प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो । रातो बलमा खेलिने प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता ५० ओभरको हुनेछ ।
प्रदेशमा पछिल्लो समय क्रिकेट खेल प्रतिको क्रेज बढ्दै गएको उल्लेख गर्दै सोही अनुसार खेलाडी उत्पादन गर्न संघले ध्यान दिनुपर्ने क्यानका प्रदेश सचिब कैलाश रोकाले बताए । संघ प्रदेश, स्थानीय सरकारले खेलकुद विकासमा धेरै कुराको व्यवस्थापन गरेको छ, जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्न सक्ने धेरै खेलाडी उत्पादन गर्नुपर्छ, रोकाले भने,–।
सरकारको तर्फबाट खेल विकासको लागि लागिरहेको र जिल्ला क्रिकेट संघ पनि सोही अनुसार लाग्नुपर्छ ।’ क्रिकेट खेल नेपाललाई चिनाउने लयमा अगाडी बढेकाले जिल्लामा पनि खेलाडी उत्पादन तथा क्रिकेट खेललाई विकास गर्न सबैले हातेमालो गर्नुपर्ने नेपाल क्रिक्रेट संघ दाङ जिल्ला अध्यक्ष प्रदिप मज्गैयाँको भनाई छ । शून्य अवस्थाबाट पछिल्लो समय क्रिकेट खेल मार्फत देउखुरीलाई चिनाउन नेपाल क्रिकेट संघ केन्द्रले विभिन्न गतिविधि सञ्चालन गर्न थालेको भन्दै नेपाल क्रिक्रेट संघ दाङ जिल्ला उपाध्यक्ष किशोर घर्ती मगरले खुसी व्यक्त गरे । क्रिकेट खेलको महत्व बढ्दै गएपछि राज्यका निकायहरूले हेर्ने नजर समेत परिवर्तन भएको उनले बताए ।


प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता चैत १६ गते सम्म चल्नेछ । लुम्बिनी प्रदेशका तीन मैदानमा हुने प्रतियोगिता राउन्ड रोबिन लिगमा हुनेछ । प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपिएफसहित सात प्रदेशका टोलीको सहभागिता भएको छ । सिद्धार्थ रंगशाला रुपन्देहीमा फाइनलसहित प्रतियोगितामा १७ खेल हुनेछन् । एक्स्ट्राटेक ओभल रुपन्देहीमा १५ खेल हुनेछन् । यस्तै दाङको लमहीमा १४ खेल हुनेछन् । पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी र लुम्बिनी प्रदेश भिड्नेछन् । यस्तै एक्स्ट्राटेकमा बागमती प्रदेश र एपिएफ तथा लमहीमा कर्णाली र सुदूरपश्चिमबीच पहिलो प्रतियोगिता हुनेछ । प्रधानमन्त्री कपको अघिल्लो संस्करण सिद्धार्थ रंगशालासहित मुलपानी र कीर्तिपुर मैदानमा भएका थिए । यसपटक भने सबै खेल काठमाडौं बाहिर आयोजना गरिएको हो ।

लुम्बिनी प्रदेशमामा देव खनालको नेतृत्व,,,

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशको टिमको नेतृत्व देव खनालले गर्ने गरेका छन ।
लुम्बिनी प्रदेश क्रिकेट संघले शुक्रवार देवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । संघका सचिव कैलाश रोका मगरका अनुसार नेपाली अन्डर–१९ का कप्तान समेत रहेका देवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको छ । टिममा आकाश त्रिपाठी, मित्रलाल गुरुङ, प्रज्वल थापा मनिश थापा, सम्राट भुसाल, सुशान्तसिंह थापा, नरबहादुर सार्की, विरबहादुर घर्ती, रमेश कुर्मी, निर्मल गुरुङ, अजय चौहान, कृष्ण कार्की, सल्लाउदिन खान र विपर्शन केसी रहेका छन् । अतिरिक्त खेलाडीमा तुलबहादुर थापा, राजेन्द्र वम, रौनक श्रीवास्तव, दिनेश बोहोरा र मो हुसेन छनौट भएको सचिव रोकाले जनाए ।

टिमको प्रशिक्षकमा बसन्त शाही, टिम म्यानेजरमा शंकर राना र भिडीयो एनालिस्टमा कृष्ण भुसाल रहेको क्यानले जनाएको छ । लुम्बिनीले पहिलो खेल उद्घाटनका दिन कोशी प्रदेशसंग सिद्धार्थ रंगशालामा खेल्ने छ । प्रतियोगिताको उद्घाटन तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओवल क्रिकेट मैदानमा आइतवार सुरु हुदैछ । प्रतियोगिताका सबै पहिलो पटक काठमाडौं बाहिर लुम्बिनी प्रदेशका दुई जिल्लामा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *