लुम्बिनीका स्पिनर चम्किदा बागमती प्रदेश ६७ रनमा अलआउट

घरसञ्चार
दाङ । लुम्बिनीका स्पिनर चम्किएसँगै लाे स्काेेरिङ लक्ष्य बचाउँदै बाग्मती प्रदेश विरुद्ध ४८ रनकाे सानदार जीत हांसिल गरेकाे छ ।
दाङ देउखुरीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत लुम्बिनी प्रदेशले दिएकाे ११६ रनकाे सामान्य लक्ष्य पछ्याएकाे बाग्मती प्रदेश २२ दशमलव ५ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियाे । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रतियोगिताकाे आठाैँ दिनको २० औँ खेलमा जवाफी ब्याटिङ गरेकाे वाग्मतीले पहिलाे पावर प्लेमा ४ विकेट गुमाएर ३६ रन बनाएकाे थियाे । दाेस्राे पावर प्लेमा आई पुग्दा बाग्मती अलआउट भयाे । बागमतीलाई लाे स्काेर टारगेटमा पनि राेक्न लुम्बिनीका स्पिनरले उत्कृष्ट बलिङ गर्दै ६ ब्याटरलाई बाेल्डआउट गरे । एक ब्याटर एलबीडब्लूकाे सिकार हुँदा २ ब्याटर क्याचआउट हुँदा १ जना स्टम्पिङ आउट भए ।

११६ रनकाे विजयी लक्ष्य पछ्याएकाे वाग्मती प्रदेशका लागि कप्तान पृथु बास्काेटाले २६ बलमा २ चाैकासहित १५ रन बनाउँदा विप्रसन केसीकाे बलमा बाेल्ड भए । पहिलाे विकेटका रुपमा रित गाैतमलाई दाेस्राे ओभरकाे अन्तिम बलमा स्पिनर निर्मल गुरुङ शून्य रनमा आउट गरेपछि शुरु भएको विकेट पतनकाे सिलसिला स्पिनरकाे धारिलाे बलिङले कायम राख्याे । ओपनर आशुताेष घिरैया १५ बलमा २ चाैकाकाे मद्दतमा ११ रन बनाएर रमेश कुर्मीकाे बलमा आउट भए । शुभ कंशाकार निर्मल गुरुङको बलमा २ रनमा बाेल्ड भए । ईशान पाण्डे शून्य रनमा रमेश कुर्मीकाे बलमा थापाले स्टम्पिङ आउट गरे । सूर्य तामाङ १० बलमा ६ रन बनाएर अजय चाैहानकाे बलमा बाेल्ड हुँदा विवेक मगरलाई विप्रसन केसीले ३ रनमा बाेल्ड गरे । सुमन सुनार ११ रन बनाएर अजय चाैहानकाे बलमा नरबहादुर सार्कीकाे हातबाट मिडअनका उत्कृष्ट क्याचआउट भए ।
गाैतम केसी ८ रनमा अविजित रहँदा साेनु देवकोटालाई विप्रसन केसीले शून्य रनमा आउट गर्दा र रिजन ढकाललाई अजय चाैहानले अन्तिम विकेटका रुपमा शुन्य रनमा पेभेलियन फर्काएपछि २२ दशमलव ५ ओभरमा लुम्बिनीले खेल आफ्नाे पक्षमा पार्याे ।
लुम्बिनीका अजय चाैहानले ५ दशमलव ५ ओभरमा २ मेडनसहित १४ रन दिएर ३ विकेट लिए । विप्रसन केसीले पनि ६ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट लिए । निर्मल गुरुङले ५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिँदा रमेश कुर्मीले ५ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर २ विकेट लिए । प्रतियोगितामा कसिलाे बलिङ गर्दै जीतकाे आधार तय गरेका लुम्बिनीका विप्रसन केसी प्लेयर अफ द म्याच भए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे
लुम्बिनी प्रदेश ३२ दशमलव ४ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो । लुम्बिनीलाई सस्तैमा समेट्न वाग्मतीका सबै बलरले उत्कृष्ट बलिङ गरे । पाँच बलर प्रयाेेग गरेकाे वाग्मतीका सबै बलरले विकेट लिए । छैठौं ओभरबाट शुरु भएको विकेट पतन ३३ ओभरमा पुगेर टुंगियाे । आकाश त्रिपाठीले ३३ रन जाेड्नु बाहेक अरु खेलाडीले धैर्यता देखाउन सकेनन् । छैठौं ओभरकाे पाँचौं बलमा रिजन ढकालले ओपनर मृनाल गुरुङलाई व्यक्तिगत ५ रनमा पेभेलियन फर्काए । स्लाे रन शुरुवात गरेकाे लुम्बिनी प्रदेशका खेलाडीले पहिलाे पावर प्लेमा २ विकेटको क्षतिमा ३५ रन जाेडेका थिए । अर्काे ओपनर मनिष थापा ३५ बलकाे सामना गर्दै १ चाैकाकाे मद्दतमा १५ रन बनाउँदै ईशान पाण्डेकाे बलमा ढकालकाे हातबाट क्याच आउट भए । लुम्बिनीका कप्तान देव खनालले २७ बल खेल्दै १ चाैकासहित १५ रन बनाएर सूर्य तामाङकाे बलमा तेस्रो विकेटका रुपमा आउट भए । प्रज्वल थापा ६ रन जाेडेर ईशान पाण्डेको बलमा बाेल्डआउट भए ।

विप्रसन केसी २० बल खेलेर जम्मा ९ रन बनाउँदै गाैतम केसीकाे बलिङमा विकेट किपर विबेक मगरबाट क्याच आउट भए । कृष्ण कार्की १५ बल खेल्दै १ छक्कासहित ७ रन बनाएर गाैतम केसीकाे बलमा लङअनमा साेनु देवकोटाकाे उत्कृष्ट क्याचमा पेभेलियन फर्किए । निर्मल गुरुङ पाँच बल डट खेलेर शुन्य रनमा आउट हुँदा नरबहादुर सार्की सूर्य तामाङकाे बलमा रित गाैतमकाे हातबाट क्याच आउट भए । रमेश कुर्मी ८ बल खेलेर गाैतम केसीकाे बलमा बाेल्ड भए । लुम्बिनीलाई लाे स्काेरमा समेट्न गाैतम केसीले पाँच दशमलव ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । सूर्य तामाङले ८ ओभरमा १ मेडनसहित जम्मा १४ रन दिएर २ विकेट लिँदा ईशान पाण्डेले पनि ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । रिजन ढकालले २४ रन दिएर १ विकेट लिँदा साेनु देवकाेटाले ३७ रन खर्चेर १ विकेट लिए ।

जारी प्रतियोगितामा लुम्बिनी ४ खेलमा ३ मा जीत निकाल्दै ६ अंकका साथ चाैथाे स्थानबाट तेस्रो स्थानमा उक्लिएकाे छ । उता, वाग्मती प्रदेश चार खेलमा १ मा जीत निकाल्नु बाहेक अरु खेलमा सुखद नतिजा निकाल्न सकेकाे छैन । अब प्रतियोगिता अन्तरगत भोली सोमबार लमहीमा लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच बिहान ९ बजेपछि खेल हुनेछ । नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले खेलीरहेका छन् । फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता जारी छ । दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भईरहेका छन् । हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।
