आत्मनिर्भर लघुवित्तले दिएको सफल्ता, कुखुरा पालनबाट मनग्य आम्दानी

घरसञ्चार
दाङ । गढवा गाउँपालिका वडा नम्बर ४ पर्सेनी निवासी उर्मिला चौधरी व्यावसायिक कुखुरापालनमा लागेको १३ बर्ष भयो ।
कृषि पशुपन्छी फर्म सञ्चालन गर्दै आएकी चौधरीले व्यावसायिक कुखुरापालनबाट मासिक रु एक लाख बचत गर्छिन । २७ वर्षीय उर्मिला चौधरीले १३ वर्षमा थुप्रै असफलता व्यहोर्दै सफलतामा पुगेको बताईन । उनि १० वर्षयता कुखुरा बाहेक अन्य कुनै व्यवसायीमा छैनिन् । ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्धक आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड गढवा शाखाबाट कर्जा लिएर कुखुरा पालन व्यवसायी सुरु गरेको उनले बताईन । आफ्नो ठाउँमा रोजगारको सम्भावना नदेखेर विदेसिनेहरूका लागि गढवा पर्सेनीका कृषक स्वदशमै केही गर्न सकिन्न भन्ने गतिलो उदाहरण बनेकि छिन उर्मिला चौधरी । उनले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड गढवाको सहयोगमा स्थानीय जातका (लोकल) तथा लेस कुखुरा पाल्दै गाउँमै सम्भावना भएको प्रमाणित गरेकि छिन ।
चौधरीले बिहान उठेदेखि रातिसम्म कुखुराकै खोरमा समय बिताउछिन । ‘परिवारसँगै रमाएर आफ्नै गाउँमा बसेर काम गर्नुको मज्जा नै छुट्टै छ, चौधरीले भनिन्,–। ‘बिदेसिनेहरू सबैको राम्रो भएको पनि कहाँ छ र ? तर म यहीँ खुसी छु, रमाएर काम गरिरहेको छु ।’ कुखुराका लागि आवश्यक पर्ने दाना आफैँ उत्पादन गर्ने चौधरीलाई कुखुरा पालनमा उनको श्रीमान् र परिवारको साथ मिलेको छ । कुखुरा पालनमा लागेर चार जनाको परिवार सहजै पालिएको चौधरीले बताईन । ‘कुखुरा पालन गर्ने समयमा केही गाह्रो भएको थियो बिस्तारै परिवारको साथ र अनुभवले कामलाई सहज बनायो र आम्दानी बढायो, चौधरीले भनिन्,–। ‘कुनै पनि काममा निरन्तरता दिँदै र मेहनत गरेमा सफलता मिल्ने रहेछ ।’ ‘यहीँ बसेर काम गर्दा घरपरिवारको हेरविचार गर्दै आफ्नै पेसाबाट राम्रो कमाई हुने भएपछि अन्य पेशामा जान मन लागेन, चौधरीले भनिन्,–। ‘लकडाउनको समयमा कुखुरा पालन व्यवसाय सुरु गर्दै कृषि कर्ममा होमिएँ, अहिले हासँ पनि थपेको छु ।’ पशुपन्छी पालनका लागि आफ्नै जग्गा प्रशस्त भएका कारण पनि उहाँलाई अन्य पेशामा संलग्न हुन मन नलागेको अनुभव उनी सुनाउछिन ।
‘अर्काको काम गरेर लाख कमाउनभन्दा आफ्नै घरमा परिवारसँग बसेर स्वरोजगार बन्नु ठूलो रहेछ, चौधरीले भनिन्,–। ‘अर्काको ठाउँमा मेहनत गर्नुभन्दा आफ्नै पेशामा पसिना बगाउँदा सुन फलाउन सकिन्छ जस्तो लाग्दैछ ।’ घरमै बसेर केही गर्ने बाबुछोराको सल्लाह भएपछि ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवद्र्धक आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड गढवा शाखा दाङको सहयोगमा व्यवसाय अगाडि बढाएको उनले बताईन । ‘यहाँ हामी आफैँले फार्म सञ्चालन गरेका छौँ, श्रीमान् र म मिलेर काम गर्छौं, धेरै सजिलो छ । आफैले सुरु गरेको व्यवसायबाट आफूहरू सन्तुष्ट रहेको चौधरीको भनाइ छ । ‘सुरुमा हामीले एउटा ठूलो खोर बनाएर तीनसय लेस जातको कुखुरा पाल्न सुरु गरेका थियौँ, उनले भनिन्,–। ‘अहिले खोरमा स्थानिय लेस जतिका कुखुरा पालेका छौँ । कुखुरासँगसँगै हासँ र लोकल कुखुरा पनि थपेका छौँ ।’ श्रीमान्ले पालैपालो कुखुरा, हासँ र लोकल कुखुराको हेरचाह गर्ने गरेको चौधरीको भनाइ छ । आफ्नो फार्ममा उत्पादन भएका पशुपन्छी बिक्रीका लागि बजारको समस्या नरहेको उनि बताउछिन । धेरै पटक असफलता व्यहोर्नु पर्यो ।
त्यही असफलताबाट पाठ सिकेर अघि बढ्दा सफलता पाइदोरहेछ, उनले भनिन्,–। ‘हार मानेको भए, अहिले व्यवसाय छाडिसकेको हुन्थेँ, निरन्तरको प्रयासले यहाँसम्म ल्याएको छ । अहिले मासिक रु एक लाख बचत हुन्छ, गत वर्ष कुखुरामा रोग लागेपछिको घाटा अहिले पूरा गर्दैछु ।’ चौधरीले लेस जातको कुखुरा पाल्दै आएकि छिन । मनग्गे आम्दानी कमाई भइरहेको छ । अहिले राम्रो छ, पोहोरको घाटालाई अहिलेको नाफाले सघाएको छ, उनले भनिन् । ‘यो पेसामा निकै जोखिम छ, तर प्राविधिक रूपमा जानकारी भएमा आम्दानी प्रशस्त गर्न सकिन्छ । जोखिम नियन्त्रणका लागि केही रकम संकलन गर्नसक्ने हो भने घाटा छैन, अहिले मासिक रु एकलाख नाफा हुन्छ । कुखुराको मूल्य मनग्ये पाइएको छ ।’ विभिन्न बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा, सरकारको सहयोगमा कमी, कृषि गर्नेप्रति समाजको नकारात्मक दृष्टिकोणलगायत कारणले कृषि क्षेत्र फस्टाउन नसकेको बताउँदै प्राविधिक सहयोग निरन्तर पाउनुपर्नेमा चौधरीले जोड दिईन ।
गोष्ठी तथा बित्तिय साक्षरता सम्पन्न
गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम
ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवद्र्धक आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड गढवा शाखा दाङको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिका प्रमुख यम नारायण शर्मा पोख्रेलको प्रमुख अतित्थ्यतामा र शाखा प्रवन्धक सुशिला भण्डारीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत सौगत वीर चौधरी, ग्रामीण महिला उत्थान केन्द्रको प्रतिनिधि कार्यक्रम अधिकृत हित बहादुर थापा, उत्कृष्ट केन्द्रका प्रतिनिधि, उत्कृष्ट उद्यमीका प्रतिनिधि लगायतले मन्तब्य राख्नु भएको थियो । गोष्ठीमा ४ उत्कृष्ट केन्द्र, ३ उत्कृष्ट उद्यमी, १ उत्कृष्ट बचत कर्ता र १० अनुशासित केन्द्र लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । आन्तरिक लेखापरीक्षण विभाग प्रमुख नेप बहादुर चौधरीले वित्तीय शाक्षरत अभिमुखिकरण गर्नुभएको थियो । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड गढवा शाखा कनिष्ठ अधिकृत रञ्जना चौधरीको स्वागत मन्तब्यबाट सुरु कार्यक्रमको सहजिकरण जनशक्ति व्यवस्थापन विभाग प्रमुख काली दास चौधरीले गरेका थिए ।।