लुम्बिनी ४ खेल जित्दै अँक तालिकाको त्यस्रो स्थानमा, मधेश प्रदेश ७५ रनमा अलआउट-पिएम कप

घरसञ्चार
दाङ । नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई ८३ रनले हराएसँगै लुम्बिनी प्रदेशले चाैथाे जीत हांसिल गरेकाे छ ।

लुम्बिनीका स्पिनरले कसिलाे बलिङ गरेपछि मधेश प्रदेशले मध्यम लक्ष्य पनि जित्न सकेन । लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार भएको खेलमा १५९ रनकाे विजयी लक्ष्य पछ्याएकाे मधेश प्रदेशका कुनैपनि खेलाडीले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसक्दा लुम्बिनीले ८३ रनकाे सानदार जीत निकाल्याे । युवा खेलाडी सम्मिलित लुम्बिनीका खेलाडीले मधेशका चार खेलाडीलाई बाेल्ड गर्दा ३ खेलाडी एलबीडब्लू आउट भए । १-१ जना स्टम्पिङ आउट, रनआउट र क्याच आउटकाे सिकार हुँदै २५ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर मधेश प्रदेशका खेलाडीले जम्मा ७५ रन जाेडे । मधेशका लागि दीपेश दासले ५९ बल खेलेर १ चाैकासहित २३ रन बनाएर रनआउट हुन पुगे ।

हरिशंकर शाहले ३३ बलमा १ चाैकासहित १४ रन जाेडेर विप्रसन केसीको बलमा एलबीडब्लू आउट भए । पहिलाे ओभरमा राम्रो शुरुवात गरेकाे मधेशका लागि हतारिएर ब्याटिङ गर्दा सस्तैमा समेटिए । पहिलाे पावर प्लेमा ३३ रन जाेड्दा ४ विकेट गुमाएको मधेश प्रदेश २६ दशमलव ५ ओभरमा अलआउट भयाे । मधेशका लागि दुई जना बाहेक अरु कुनैपनि खेलाडीले दाेहाेराे अंककाे रन जाेड्न सकेनन् । कप्तान अनिल साह ६ रनमा स्टम्पिङ आउट हुँदा राेशन बिक ४ रनमा रमेश कुर्मीकाे बलमा बाेल्ड भए । मयन यादव २ रन, पवन सर्राफ १ रन, प्रदीप पासवान ८ रन, रुपेश सिंह ९ रन, कमल गुप्ता २ रन बनाएर पेभेलियन फर्किँदा विशाल पटेल र रञ्जित कुमारले खाता नै खाेल्न सकेनन् । मधेशकाे टीमलाई धरासयी बनाउन रमेश कुर्मीले ८ ओभरमा २ मेडनसहित जम्मा १० रन दिएर महत्त्वपूर्ण ४ विकेट लिए । विप्रसन केसीले ५ ओभरमा ३ मेडनसहित जम्मा ७ रन दिएर ३ विकेट लिए ।

कप्तान देव खनालले २ ओभरमा ८ रन दिएर १ विकेट, अजय चाैहानले ७ दशमलव ५ ओभरमा २ मेडनसहित १२ रन खर्चेर १ विकेट लिए । लुम्बिनी प्रदेशका लागि ७३ रन बनाउँदै जीतका आधार तय गरेका आकाश त्रिपाठी प्लेयर अफ द म्याच भए । यसअघि, युवा ब्याटर आकाश त्रिपाठीले धैर्यतापूर्ण ब्याटिङ गर्दै ७३ रन बनाएपछि लुम्बिनी प्रदेशले १५८ रन बनाएकाे थियाे । टस हारेर ब्याटिङकाे निम्तो पाएकाे लुम्बिनी प्रदेशले ४६ ओभरमा सबै विकेट गुमाउँदै १५८ रन बनाएकाे थियाे ।
लुम्बिनीका लागि मध्यम लक्ष्य बनाउन आकाशले १२३ बलकाे सामना गर्दै १ छक्का र ६ चाैकाकाे मद्दतमा ७३ रनकाे याेगदान दिए । उनले अर्धशतक बनाउन १०५ बल खेले । ६० रनमा पाँच विकेट गुमाई सकेकाे अवस्थामा आकाश त्रिपाठी र कृष्ण कार्कीले धैर्यता देखाउँदै ७५ रनकाे साझेदारी गरेपछि लुम्बिनीले मधेश प्रदेशलाई मध्यम लक्ष्य दिएकाे हाे । विशाल पटेलकाे बलमा बाेल्ड हुँदै ७३ रनमा आकाश आउट भएपछि लुम्बिनीका लागि कृष्ण कार्कीले पारी केही उकासे । कृष्णले ५३ बल खेल्दै ३ छक्का र १ चाैकाकाे मद्दतमा ३३ रन बनाए ।

कप्तान देव खनाल २५ बल खेल्दै २ चाैकाकाे मद्दतमा १६ रन बनाएर कमल गुप्ताको बलमा एलबीडब्लूकाे सिकार भए । लुम्बिनीका अरु खेलाडी सस्तैमा आउट भए । ओपनरद्वय मृनाल गुरुङले ६ रन, मनिष थापाले ५ रन बनाए । नरबहादुर सार्कीले ५ रन, अजय चाैहानले ४ रन, निर्मल गुरुङ र विप्रसन केसीले समान ३-३ रन, प्रज्वल थापा र रमेश कुर्मीले १-१ रन जाेडे । पहिलाे १० ओभरमा जम्मा २९ रन बनाउँदा दुवै ओपनर गुमाएकाे लुम्बिनीले २३ ओभरकाे समाप्तिमा पाँच विकेट गुमाएर जम्मा ६० रन बनाएकाे थियाे । त्यसपछि लुम्बिनीका खेलाडी सम्हालिएर खेल्दा मध्यम लक्ष्य बनाउन सफल भएको हाे । मधेश प्रदेशका कमल गुप्ताले निकै कसिलाे बलिङ गर्दै १० ओभरमा ४ मेडनसहित ३२ रन खर्चेर ३ विकेट हात पारे । विशाल पटेलले पनि किफायती बलिङ गर्दै ३ विकेट लिए । उनले ५ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट लिँदा हरिशंकर शाहले ५ ओभरमा १ मेडनसहित १४ रन दिएर १ विकेट लिए । रञ्जित कुमारले १० ओभरमा ३२ रन दिएर १ विकेट लिँदा प्रदीप पासवानले पनि ८ ओभरमा २१ रन दिएर १ विकेट लिए । दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको चौथो स्थानमा लुम्बिनी र पाँचौं स्थानमा मधेश प्रदेश रहेकाे छ ।

यो खलसँगै लुम्बिनीले ५ खेल खेल्दै ४ खेलमा जीत र १ मा हार व्यहोर्दै ८ अंकका साथ अंक तालिकाको त्यस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीले यसअघि कोशी प्रदेशलाई २६ रनले हराएको थियो । नेपाल पुलिस क्लबसँग ८७ रनले हारेको लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रन र वाग्मती प्रदेशलाई ४८ रनले हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *