मेरो गाउँको बाटो बनेन
गाउँबासीको अपेक्षा बोकेर,
सरकार र दरबार धाएको धायै छु।
न सदरले चिन्छ, न त मोफसलले नै—
गाउँको सिंहदरबारले त वास्तै गरेन,
त्यसैले मेरो गाउँको बाटो बनेन।
धाउन त बहुतै धाइयो,
पाउमा विन्ती खुबै बिसाइयो।
याचिकामा तोक आदेश पनि लगाइयो,
तर पनि केही जोड चलेन।
सायद मैले विकासे धन्दा जानिनँ,
या त मालिकको प्रिय पात्र बनिनँ,
त्यसैले मेरो गाउँको बाटो बनेन। ।
मानबहादुर बिष्ट
तुलसीपुर उ.म.न.पा.–७, दाङ
पूर्व उपरजिस्ट्रार
उच्च अदालत, तुलसीपुर






