विपद् पीडितको सारथी बन्दै कांग्रेस, केन्द्रीय कोषमा १ लाख ११ हजार १११ सहयोग

घरसञ्चार

दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेका अनुसार क्षेत्रीय समितिको तर्फबाट विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम केन्द्रीय कोषमा जम्मा गरिएको हो । बुधबार २०८३ भदौ १७ गते (२ सेप्टेम्बर २०२६) अनलाइनमार्फत रकम जम्मा गरिएको भुक्तानी रसिदमा उल्लेख छ । रसिदअनुसार उक्त रकम ‘नेपाली कांग्रेस’ नाममा रहेको खातामा जम्मा गरिएको हो ।

क्षेत्रीय सभापति पाण्डेले विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले क्षेत्रीय समितिको तर्फबाट सहयोग गरिएको बताउनुभयो । उहाँले विपद्का बेला पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई मानवीय सहयोग र राहत तथा उद्धारका कार्यमा सक्रिय हुनसमेत आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *