gharsanchar557

जेनजि पुस्तालाई समेट्दै काँग्रेस दाङ-१ ले गय्रो ५ जनाको नाम सिफारिस

घरसञ्चार दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ लेफागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरी, महासमिती सदस्यद्वय जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम सिफारिस भएको हो । नेपाली कांग्रेस क्षेत्र नम्बर १ दाङले जेनजी पुस्तालाई…

Read More

लमहीमा होटल सञ्चालक मृत फेला

घरसञ्चार दाङ । दाङको लमहीमा एक होटल व्यवसायी मृत फेला परेका छन् । पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या…

Read More

स्थानिय सरकार र सुरक्षा निकायलाई लमही चेम्बरको ध्यानाकर्षण-लमही गोली काण्ड

टेकबहादुर पुन लमही । दाङको लमहीमा व्यवसायीमाथि गोली चलाएको घटनाप्रति चेम्बर अफ कमर्सले कडा आपत्ति जनाएको छ । गत शनिबार दिउँसो करिब १:३५ बजे लमही बजारस्थित जुनतारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरी व्यवसायी घाइते बनाइएको घटनाप्रति लमही चेम्बर अफ कमर्सले कडा आपत्ति जनाएको छ । चेम्बरले सुरक्षित व्यावसायिक वातावरण विहीन हुँदै गएको घटनाले…

Read More

२० वर्षमै प्रधानाध्यापक बनेकी दाङ देउखुरीकी रक्षाकुमारी यादव

आलोक भावुक दाङ,१६ मंसिर । दाङको बबाई गाउँपालिका -७ जलजला मलई स्थित श्री सरस्वती आधारभूत विद्यालयकी रक्षाकुमारी यादव २० वर्षको उमेरमै विद्यालयको नेतृत्व सम्हाल्न सफल भएकी छन् । अत्यन्त कम उमेरमै शिक्षा प्रशासनको जिम्मेवारी वहन गर्दै अगाडि बढेकी रक्षाको यो कदम स्थानीय समुदायका लागि प्रेरणादायी बनेको छ । उनको लगनशीलता, दृढता र कार्यक्षमताको व्यापक प्रशंसा…

Read More

राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद टुंगियो

भसुन शाही मसुरिया । दाङको राप्ती गाउँपालिकामा केही दिनदेखि उत्पन्न सरसफाइ व्यवस्थापनसम्बन्धी समस्या अन्ततः समाधान भएको छ । गाउँपालिकाको कार्यालय मसुरियामा साेमबार गाउँपालिका र आन्दोलनरत पक्षबीच भएको वार्तामा सरसफाइ व्यवस्थापन केन्द्रमा लगाइएको ताला तत्काल खोल्ने, त्यहाँ जम्मा भएको फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्ने र केन्द्रभित्र रहेको फोहोर पूर्णरूपमा व्यवस्थापन नभएसम्म गाउँबाट फोहोर संकलन कार्य स्थगित…

Read More

देउखुरी पब्लिक स्कूलमा ‘कृत्रिम बौद्धिकत्ता तथा कोडिङ’ आधारभूत तालिम सुरु

घरसञ्चार देउखुरी । शैक्षिक क्यालेन्डर–२०८२ को भावना र स्पिरीट अनुरूप देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयले सञ्चालन गरको “कृत्रिम बौद्धिकता तथा कम्प्युटर कोडिङ सम्बन्धी आधारभूत तालिम”को उद्घाटन गरिएको छ । मङ्सिर १४ देखि २५ गतेसम्म १० दिन चल्ने यो तालिम विद्यालयले प्रविधिमैत्री शिक्षालाई थप प्रभावकारी बनाउन थालेको महत्वपूर्ण कदमका रूपमा लिइएको छ । विद्यालयका परीक्षा समितिका…

Read More

नेपाली काँग्रेस नेता बुढा मगरको निधनप्रति श्रद्धाञ्जली सभा सम्पन्न

टेकबहादुर पुन लमही । नेपाली काँग्रेसका नेता तथा क्षेत्रिय प्रतिनिधि शेरबहादुर बुढा मगरको निधन भएको सातौँ दिनमा नेपाली काँग्रेस लमही नगर समितीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका समर्पित, इमानदार र सदैव संगठन विस्तारमा अग्रसर बुढा मगरप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न तह–स्तरका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाली काँग्रेस लमही नगर…

Read More

अभियान बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न

आलोक भावुक गढवा, १३ मंसिर । अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गढवा–३ को आठौं वार्षिक साधारण सभा शनिबार गढवा–३ गोबरडिहामा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष कुलराज कुमालको अध्यक्षता र गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथि यादवले सहकारीले अब उत्पादनमुखी क्षेत्रमा पुँजी…

Read More

गढवामा अपाङ्गता भएका व्यक्तिहरूलाई क्षमता विकास तालिम

आलोक भावुक गढवा, १२ मंसिर । अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको क्षमता अभिवृद्धि गर्न उद्देश्य राखी सञ्चालन गरिएको दुई दिने क्षमता विकास तालिम शुक्रबार गढवा गाउँपालिकामा सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आयोजनामा तथा फेयरमेड फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । दुई दिनसम्म सम्पन्न भएको तालिम गढवा गाउँपालिका वडा नम्बर ५…

Read More

चारलेन सडक विस्तारको माग गर्दै संघर्ष समितिले बुझायो राप्तीमा ध्यानाकर्षण पत्र

तुलबहादुर कवँर मगर मसुरिया, १२ मंसिर । धानखोला–लमही सडक खण्डलाई चार लेनमा विस्तार गर्नुपर्ने मागसहित ‘धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष अभियान’ ले राप्ती गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । संघर्ष अभियानका संयोजक प्रकाश शाहीले शुक्रबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार मंसिर ९ गते एमसिए नेपालका प्रतिनिधिसँग…

Read More