दाङको गढवामा भेटियो विश्वकै सबैभन्दा ठूलो विषालु प्रजातिको सर्प

घरसञ्चार

दाङ । दाङको गढवामा सबैभन्दा ठूलो विषालु सर्प राज गोमन पहिलो पटक फेला परेको छ । विश्वकै सबैभन्दा ठूलो विषालु सर्प मानिने (राज गोमन -किङ कोब्रा) पहिलो पटक गढवामा भेटिएको हो ।

गढवा गाउँपालिका वडा नम्बर ७ लक्षिनपुर निवासी स्थानीय शुसिला गुरुङ्को घरबाट सर्प उद्दारकर्ता शिवु खनालले बुधवार राती ८ बजे उक्त गोमन सर्प उद्धार गरेका हुन । यसलाई गढवामा पहिलो अभिलेखिय उद्धार घटना मानिएको छ । सर्प उद्धारको जानकारी पाउन साथ सर्प उद्धारकर्ता शिवु खनाल सँगै डिभिजन बन कार्यालयका दुईजना वन कर्मचारी घटनास्थल पुगेका थिए । एक घण्टाको लामो प्रयासपछि सर्पलाई उद्वार गरिएको थियो ।

उद्धारपछि डिभिजन वन कार्यालय देउखुरीको समन्वयमा अजम्मरी सामुदायिक वनको प्राकृतिक बासस्थानमा पुनःस्थापित गरिएको सर्प उद्दारकर्ता शिवु खनालले बताए । सर्पलाई लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वनमा ल्याइयो । सर्पको तौल करिब ८ किलो र लम्बाई १० फिट रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *