ग्रामीण भेगका जनतालाई ठूलो समस्या, सर्पले डसेपछि उपचार पाउनै मुस्किल
शिवु खनाल
देउखुरी, १३ बैशाख । सर्पको टोकाइजस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अंगभंगसमेत हुने गरेको छ ।
सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ । विशेष गरेर ग्रामीण भेगका मानिस उपचारबाट बञ्चित हुनुका साथै, सर्पदंशका बिरामीले उपचार पाउन मुक्किल पर्ने गरेको छ । केही हदसम्म सावधानी अपनाउनसके सर्पको टोकाइबाट जोगिन सकिने सर्प उद्दार तथा अनुसन्धानकर्ता बसन्त सुबेदीले बताउनुभयो । सर्पको टोकाइको सिकार बढी किसाननै हुने गरेका छन् । त्यसपछि बालबालिका र वृद्धवृद्धा पनि सर्पको टोकाइमा पर्दै आएका छन् । सर्पदंशको उपचारका लागि राज्यले पनि लगानी गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । केन्द्र, प्रदेश तथा स्थानीय सरकारले टोल बस्तीमा सर्पसम्बन्धी सचेतनााका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको सर्प उद्दार तथा अनुसन्धानकर्ता सुबेदीले बताउनुभयो ।
आइतवार लमही नगरपालिका वडा नं. ५ अन्रगत रहेको विभिन्न टोलका स्थानियहरुलाई सर्पदंश सम्बन्धी सचेतना गराइएको छ । स्थानीयस्तरमा सचेतना जगाउन सकियो भने र सर्प पक्रनका लागि तालिम प्राप्त मानिस उत्पादन भएमा धेरै सहजता हुने देखिने सर्प उद्दार तथा अनुसन्धानकर्ता बसन्त सुबेदीले बताउनुभयो । विषालु सर्पले डसेपछि उपयुक्त एन्टिभेनमसँगै तुरुन्त चिकित्सा सेवा लिनु आवश्यक हुन्छ, उहाँले भन्नुभयो,–। …असारदेखि साउन, भदौ, असोजसम्म सर्पको टोकाइ सबैभन्दा बढी हुन्छ । सबैभन्दा बढी गोमन र करेत सर्पको टोकाइबाट मुत्यु हुने गरेको छ ।
करेतले धेरैजसो राति सुतेका बेला थाहै नहुने गरी डस्ने गर्छ ।Ú गोमनले सामान्यतः दिउँसो कामको समय वा साँझ बिहान डस्ने गर्छ । गाउँघरमा हतारमा सर्पले टोकेको ठाउँमा चिरेर रगत बगाउने, डोरीले बाँध्ने चलन अझै पनि छ । तर यो उपयुक्त विधि होइन, सर्प उद्दार तथा अनुसन्धानकर्ता बसन्त सुबेदीले भन्नुभयो,–। …यस्तो अवस्थामा टोकिएको घाउलाई सुरक्षित गर्दै जतिसक्दो अस्पताल जानु उपयुक्त हुन्छ ।Ú सर्पले टोकेपछि कतिपय गाउँघरका मानिस अझै पनि धाँमीझाँक्रीको खोजीमा समय बिताउने गर्दा उपचारमा विलम्ब हुँदा मानिसको अकालमा मृत्युसमेत हुने गरेको सर्प उद्दार तथा अनुसन्धानकर्ता बसन्त सुबेदीले बताउनुहुन्छ । पछिल्लो समयमा स्थानीय सरकारको पहलमा ठाउँ ठाउँमा सर्पदंश उपचार केन्द्रको स्थापना गरेर उपचार भईरहँदा पनि अझै पनि गाउँगाउँमा सर्पदंशका कारण अनाहकमा ज्यान जाने क्रम बढ्दो छ ।
गर्मीसँगै मौसममा आएको परिवर्तनले लमहीमा रहेको सर्पदंश उपचार केन्द्र र गढवामा रहेको सर्पदंश उपचार केन्द्रमा सर्प डसाईका विरामीहरु उपचारका लागि आउने क्रम बढ्ेको हो । गाउँबस्तिमा काम गरेर बस्ने मानिसहरुमा बढी सर्पको जोखिम हुने गरेको छ । खेलबारीमा काम गर्नुपर्ने अवस्थामा लुकेर बसेका सर्पहरुले डस्ने र समयमा उपचार नपाँदा ज्यान जानेसम्मका घटनाहरु भईरहेका छन् । सर्पको टोकाईबाट बच्न घर वरिपरि नियमित सरसफाइ गर्ने, सर्पलाई नचलाउने, हिँड्दा ध्यान दिने, घाँस काट्न जाँदा, जंगल, झाडीमा जाँदा सर्प भए नभएको जाँच गर्ने, घाँस काट्दा, खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ । अँध्यारोमा बत्ती बालेर हिँड्न चिकित्सकले सुझाव दिने गर्दछन् । सर्पले टोकेका बिरामीलाई लक्षित गर्दै सरकारले æएन्टी स्नेक भेनस सेरमÆ मलम सर्पदंश केन्द्रबाट निःशुल्क वितरण गर्दै आएको छ । नेपालमा वर्षेनि कति जनालाई सर्पले टोक्छ ? सर्पको टोकाइबाट कति जनाको मृत्यु हुन्छ ? यसको ठ्याक्कै उत्तर दिने निकाय छैन । जनचेतना र सजगताको अभावमा ग्रामिण भेगमा मानिसहरुको अनाहकमा ज्यान गईरहेको छ । सर्पले टोकेपछि गर्ने पर्ने उपचार पद्दतिसँगै सर्पदंश उपचार केन्द्रमा जानुपर्छ भन्ने हेक्का रहन जरुरी छ ।
अझ सर्पले टोक्यो भने धामीझाँकीका गएर उपचार गर्ने प्रचलन पनि थियो त्यो बिस्तारै कम हुँदै गएको छ । यद्यपि सचेतना र सजगता अपनाउँदै यसको उपचार समयमै सर्पदंशमा पुग्दा हुँछ भन्ने हेक्का राख्न जरुरी छ । वर्षायामका बेला सर्पहरू जमिनमुनिबाट बाहिर आउँछन् । विषालु सर्पको टोकाइबाट देउखुरीमा वर्षेनी मानिसहरूको मृत्यु हुन्छ । सर्प दंशबाट कैयौं व्यक्तिहरूको मृत्यु भएका , बेलैमा उपचार नपाएका वा विरामी भएका घटनाहरू घटिरहेका छन् । सर्प दंशबाट बच्न र बचाउन आवश्यक पर्ने उपायहरू सचेततापूर्वक अबलम्बन गर्न जरुरी छ । यता लमही नगरपालिका वडा नं.५ का वडाध्यक्षले वडास्तरमा सर्पदंश सम्बन्धी सचेतना जगाउदैँ, स्थानियलाई जागरुक गराउन आवश्यक रहेको बताउनुभयो ।।





