gharsanchar557

लुम्बिनीमा मनाइयो सिँचाइ दिवस: जलवायु चुनौतीप्रति सचेत रहन मुख्यमन्त्रीको आग्रह

घरसञ्चार दाङ । लुम्बिनी प्रदेशमा सिँचाइ दिवस २०८२ प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताउनुभएको छ । मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका कारण नदी तथा खोलाहरु सुक्दै जानु र जमिन सुख्खा…

Read More

पुर्ब प्रधानमन्त्रि देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी

घरसञ्चार काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ । ‘उहाँहरूमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा अदालतबाट पक्राउ पुर्जी लिइएको छ, यसबारे आवश्यक प्रक्रिया अघि बढेको…

Read More

प्रजनन स्वास्थ्य शिविरले लमहीका महिलामा बढायो सचेतना र पहुँच

घरसञ्चार देउखुरी, २५ चैत । लमही नगरपालिकाको आयोजना तथा केयर सिटी अस्पताल नेपालगञ्ज बाँकेको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रजनन स्वास्थ्यसम्बन्धी एकीकृत स्क्रिनिङ तथा व्यवस्थापन शिविरले स्थानीय महिलाहरूमा सकारात्मक प्रभाव पार्न थालेको छ । लमही नगरपालिका २ स्थित सोनपुर स्वास्थ्य चौकीमा जारी यस शिविरले विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूलाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने महत्वपूर्ण अवसर…

Read More

गुरुकुल एकेडेमी लमहीको सफलता : कक्षा ८ मा शतप्रतिशत नतिजा सहित नगर प्रथम

घरसञ्चार लमही, २४ चैत्र । दाङको लमहीस्थित गुरुकुल एकेडेमीले आधारभूत तह (कक्षा ८) को परीक्षामा शतप्रतिशत नतिजा सहित लमही नगरपालिकाभित्र प्रथम स्थान हासिल गरेको छ । विद्यालयका शैक्षिक निर्देशक विवेक देवकोटा ले जानकारी दिँदै गुरुकुलले छोटो समयमै शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो । लमही नगरपालिकाले आज सार्वजनिक गरेको नतिजाअनुसार गुरुकुल एकेडेमी नगरभित्र उत्कृष्ट…

Read More

राप्ती युवा हत्या प्रकरणमा एक युवती सहित तिनजना पक्राउ

घरसञ्चार दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ४,गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे ।हत्यामा संलग्न…

Read More

गढवामा ६९ औं राष्ट्रिय सहकारी दिवस सम्पन्न

आलोक भावुक गढवा, २० चैत्र । दाङ देउखुरीको गढवा गाउँपालिकामा ६९औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा गाउँपालिका स्तरीय सहकारी सञ्जालको आयोजनामा वडा नं. ४ को वडा कार्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको हो । गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा…

Read More

सुन्दर च्छो रोल्पा : शब्दमा नअटाउने मीठो यात्राको अनुभूति

लोकेश जोशी काठमाण्डौ । शहरको भीडभाड, कोलाहल, प्रदूषण, भागदौड अनि हतास- उफ् ! धुवाँधुलो र अनाहकको हतारबीच कहिलेकाहीँ मन रमाउन शान्त ठाउँ चाहिदो रहेछ, जहाँ शब्दभन्दा अनुभूति ठूलो होस् र गन्तव्यभन्दा यात्राको मिठास अझ धेरै होस् । त्यही अनुभूति खोजिरहने मन भुलाउन कतै जान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । साथीभाइसँग सल्लाह गरेँ अनि बन्यो…

Read More

प्रत्येक नागरिकको आवाज सुन्नमा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

घरसञ्चार दाङ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रत्येक नागरिकको आवाज सुन्ने र पीडितमैत्री सेवा प्रवाहलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । देउखुरीको गढवा गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन । बेलायत सरकारको सहयोग तथा युएनओपीएस…

Read More

देउखुरीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

घरसञ्चार दाङ । लमही नगरपालिका ७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गमा गयराति बोलेरोको ठक्कबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका -६ बस्ने वर्ष ५५ का समुन्दर चौधरी रहेका छन । जिल्ला प्रहरी कार्यालय दाङको जानकारी अनुसार नारायणघाटबाट सुर्खेततर्फ जाँदै गरेको ग ३ च ४७७० नम्बरको बोलेरो पिकअप र पश्चिमबाट पुर्ब दिशातर्फ आउँदै…

Read More

महिला सामुदायिक भवन उद्घाटन, सशक्तीकरणमा टेवा पुग्ने विश्वास

घरसञ्चार देउखुरी । लमही नगरपालिका वडा नं. ७ अन्तर्गत जनकपुरमा निर्माण गरिएको “मिलिजुली महिला सामुदायिक भवन” एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले यस्ता संरचनाले महिला सशक्तीकरण र सामुदायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख योगीले “जनतासँग उपमेयर” कार्यक्रममार्फत समुदायको आवश्यकता पहिचान गरी योजनाहरू…

Read More