ट्रकमा ठोक्किएर प्रहरी जवानको मृत्यु

घरसञ्चारदाङ । दाङमा सवारी दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा परि लमही नगरपालिका वडा नम्बर ४ भुरिपुर निवासी बर्ष २६ का गणेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।सोमबार बेलुका ८:२५ बजे लमही नगरपालिका वडा नम्बर ७ पदमेनी सोता नजिकै लु १ ख ९३५२ नम्बरको रोकिराखेको ट्रकमा लुम्बिनी प्रदेश ०००२…

Read More

डेढलाख रकम सहित दाङमा जुवा खेल्दै गरेका १७ जना पक्राउ

घरसञ्चारदाङ । दाङमा डेढ लाख रकम सहित जुवा खेल्दै गरेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । एक लाख बाउन्न हजार पचपन्न रुपैया सहित कौडा खेलिरहेको अबस्थामा उनिहरुलाई राती १२ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्लाको घोराही उपमहानथर पालिका वडा नम्बर १५ अमृत टोलमा ठाकुर खनालले पैशाको हारजित हुनेगरी कोडा…

Read More

सानाकिसानको साधारण सभामा किसान सम्मानित

घरसञ्चारदाङ । सानाकिसान सहकारी सँस्थाले २७ बढि किसान हरुलाई सम्मान गरेको छ । सानाकिसान सहकारी सँस्था लिमिटेड सतबरियाले आफ्नो २१ औँ साधारण सभाको उपलक्ष्यमा उत्कृष्ट किसान, म्यादी बिमा किसान, एकल र जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । उत्कृष्ट किसानको रुपमा सँस्थामा आबद्ध सुबर्णी चौधरी, रिमा चौधरी र पबित्रा कुमारी चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो…

Read More

बलात्कार मुद्धामा पक्राउ परेका सशस्त्र प्रहरी जवानले गरे प्रहरी हिरासतमै आत्महत्या

घरसञ्चारदाङ । भालुवाङमा बालिका बलात्कार गरेकाे आराेपमा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैया मगरले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।गत असाेज २४ गते दाङकाे भालुवाङमा बालिका बलात्कार आराेप लागेका सशस्त्र प्रहरी जवान पचभैया मगरले सोमबार बिहान वडा प्रहरी कार्यालय घोराहीकाे हिरासत कक्षकाे शाैचालयमा आत्महत्या गरेका हुन् । प्यूठानकाे बडडाँडा घर रहेका सशस्त्र प्रहरी बल…

Read More

दाङको देउखुरीमा सडक दुर्घटनामा परी एकजनाको मृत्यु

दाङ । देउखुरीमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा शुक्रबार बेलुका सवारी दुर्घटनामा परि लमही-४ भैस्कोर्मा निवासी बर्ष ३१ का हेमन्त चौधरीको मृत्यु भएको हो । उनलाई लमही अस्पताल पुय्राए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । पश्चिमबाट पुर्बतर्फ आउँदै गरेका उनी सवार लु ३१ प ४१५४…

Read More

बिकाशको पुर्बाधार लमही-कोईलाबास सडक बिस्तार हुनुपर्ने लमही काँग्रेसको धारणा

घरसञ्चारदाङ । नेपाली कांग्रेस लमही नगर समितिले लमही–कोइलावास सडक विस्तार बारे आफ्नो धारणा सार्वजनिक गरेको छ । नगर सभापती सन्तोष बुढाथोकीले बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै सडक विस्तारको क्रममा स्थानीयलाई पर्ने मर्का, समस्या, आर्थिक तथा भौतिक क्षतीको बारेमा सरकारले सम्वोधन गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन । ‘सडक फराकिलो बनाउदै गर्दा मानवीय, सामाजिक अप्ठ्यारोलाई समेत…

Read More

नियतबस बदनाम गर्न खोजेको प्रति राजपुर गाउँपालिकाको आपत्ती

घरसञ्चारदाङ । राजपुर गाउँपालिकाले हाडबासका अग्निपिडितका लागी काठमाण्डौ महानगरले उपलब्ध गराएको सहयोग रकम हिनामिना गरेको आरोप प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आफुलाई पत्रकार बताउने भोजराज थापा नामका एक ब्यक्तिले गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकिलाई बुधबार राती फोन गरि अग्निपिडितलाई दिएको रकम ‘झ्वाम’ पार्नुभयो भनी आपत्तीजनक प्रश्न गरेको पालिकाले जनाएको छ । त्यतीमात्र नभएर…

Read More

लमहीका सडकमा जेब्रा क्रसिङ

घरसञ्चारदाङ । चाडबाडमा हुने भिडभाड लाई लक्षित गरि दाङको लमही बजारका सडकहरुमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही बजारका भित्रि सडक र हाईबेमा समेत जेब्रा क्रसिङ बनाईएको हो । बजारका सडकहरुमा भएका जेब्रा क्रसिङ पुरानो भएकाले पैदल यात्रीहरु अन्यौलमा पर्ने र जसले गर्दा दुर्घटना निम्तिन सक्ने भन्दै क्रसिङ सिंगनललाई…

Read More

पुरानो भिडियो फेसबुकमा राखेकोप्रति निमित्त प्रधानाध्यापक बस्नेतको आपत्ती

घरसञ्चारदाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ माध्यामिक विद्यालय सिक्टाका निमित्त प्रधानाध्यापक भरत बहादुर बस्नेतले सामाजिक संजालमा आफुलाई विवादित गराउन खोजेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन । निमित्त प्रधानाध्यापक बस्नेतले शुक्रबार सामाजिक संजालमा केहि समय अगाडीको भिडियोलाई लिएर तथानाम लेखेको, आफुलाई विवादित गराउन खोजेको भन्दै विद्यालयका सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुलाई सचेत हुन अनुरोध…

Read More

२४ घण्टे अल्टिमेटमलाई अटेरी गरेका सिक्टाका शिक्षक खत्रीलाई पालिकाले पुनः सोध्यो स्पष्टिकरण

घरसञ्चारदाङ । माध्यामिक विद्यालय सिक्टा शिक्षक बिष्णु खत्रीलाई राजपुर गाउँपालिकाले दोस्रो पटक स्पष्टिकरण सोधेको छ । सामाजिक संजालमा पालिका, पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतलाई गालि गलौच तथा अमर्यादित शब्द लेखेर बदनाम गरेको भन्दै पालिकाले यो भन्दा अघि शिक्षक खत्रीलाई २४ घन्टे स्पष्टिकरण सोधेको थियो । पालिकाले सोधेको स्पष्टिकरणको वेवास्ता गरेको भन्दै बुधबार…

Read More