देउखुरीमा एक ब्यक्तिको शब फेला

घरसञ्चार
दाङ । देउखुरीमा एकजना पुरूषकाे शव मृत अवस्थामा फेला परेकाे छ । लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वन क्षेत्रभित्र लमही नगरपालिका वडा नम्बर ५ राताे डाडा निवासी ४१ वर्षिय याेगेन्द्र बहादुर खत्रीकाे शव मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार मृतक खत्री गत मंगलबार घरबाट बाहिर निस्किएका थिए । सामुदायिक वनभित्र रहेको खहरे खाेलाकाे खाेल्सामा पल्टिएको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ । साेमबार बेलुका चार बजे लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वन क्षेत्रभित्र बाख्रा ग्वाला गएका बेला स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई अहिले पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।