कर्रि सामुदायिक बनको अध्यक्षमा पुन: घर्ती

घरसञ्चार
देउखुरी । कर्रि सामुदायिक बन उपभोक्ता समिती लमही-७ को अध्यक्षमा किशोर कुमार घर्ती मगर सर्बसहमतीबाट निर्बाचित भएका छन ।

शनिबार बनघुस्रीमा सम्पन्न समितीको २४ औँ बार्षिक साधारण सभा तथा अधिबेशनले घर्तिलाई सर्बसहमतीबाट अध्यक्षमा चुनेको हो ।
उनी यसअघि पनि अध्यक्ष हुन । समितीमा पदाधिकारी केही हेरफेर गरिएको छ । समितीको बरिष्ठ उपाध्यक्षमा हरिराम चौधरी, उपाध्यक्षमा देवा वली, सचिबमा छोट्कहनिया चौधरी, कोषाध्यक्षमा महाबिर चौधरी निर्बिरोध निर्बाचित भएका हुन । त्यस्तै सदस्यहरुमा दिलकुमारी पुन, धनबहादुर पुन, बासुदेबी चौधरी, उर्मिला चौधरी, ज्योती तामाङ घर्ति र लिलासरी गुरुङ चयन भएका छन । सल्लाहकार हरुमा खोजीराम चौधरी, शिबराज गिरी र अनन्तराम चौधरी चयन भएका छन ।

बार्षिक नीति तथा कार्यक्रम सचिब छोट्कहनिया चौधरीले प्रस्तुत गरिन भने कोषाध्यक्ष हरिराम चौधरीले आर्थिक बर्ष २०८०/०८१ को ८ लाख ५९ हजार, ९ सय ९० रुपैया २७ पैशाको आर्थिक प्रतिबेदन प्रस्तुत गरे । समितीका अध्यक्ष किशोर कुमार घर्ती मगरको अध्यक्षता तथा सब डिभिजन बन कार्यालय लमहीका रेञ्जर
दिवश कुमार परियारको प्रमुख आतिथ्यता एबम् वडा सदस्य सुनमाली बिकको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी रेञ्जर परियारले बनबाट थप आर्जन गर्न पर्यापर्यटनमा लाग्नुपर्ने बताए । काठ दाउरा मात्र बेच्न समिती लाग्नु भन्दापनि अब थप आय आर्जनमा समितिले ध्यान दिनुपर्ने बताए । सचिब छोट्कनिहा चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा समाजसेबी बुद्धिजीवी शिबराज गिरी, बैज्ञानिक बन ब्यबस्थापन महासंघका जिल्ला दाङका उपाध्यक्ष अमर कवंर लगायतका बक्ताले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन कोषाध्यक्ष हरिराम चौधरीले प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *