गढवामा मोटरसाईकल दुर्घटनामा एकजना घाईते

आलोक भावुक/गढवा
दाङ । दाङको गढवामा मोटरसाईकल दुर्घटनामा परी एकजना घाईते भएका छन ।
गढवा गाउँपालिका वडा नम्बर-६ बालापुर चोक नजिक आइतबार साँझ करिब पौने छ बजे मोटरसाइकल दुर्घटनामा एक जना घाइते भएका हुन । गढवा-७ मानपुर देखी लमही जाने क्रममा रा ३ प २४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिईन ।
दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ४ निवासी ५७ बर्षिय भाजबिर सुनार घाईते भएको प्रहरीको भनाई छ । दुर्घटनाको जानकारी पाए लगत्तै प्रहरी कार्यालय गढवाबाट प्रहरीको टोली खटेको थियो । घाइतेलाई उपचारका लागि लमही अस्पताल लगिएको ईप्रका गढवाले जनाएको छ ।