मुस्लिम समुदायको शिक्षा र सामाजिक सुधारमा समुदाय जिम्बेवार बन्नुपर्छ-मुख्यमन्त्री आचार्य

घरसञ्चार
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायका धेरै बालबालिका अझै पनि विद्यालय बाहिर रहेको भन्दै अनिवार्य विद्यालय शिक्षामा सहभागी गराउनु पर्ने आवश्यकता औंल्याएका छन ।
मायादेवी गाउँपालिका-१, पकडी, कपिलवस्तुमा आयोजित अल-मरकजुल इस्लामी वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विद्यालय बाहिर रहेका मुस्लिम समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन समुदायका अगुवाहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताए । धेरै बालबालिका अझै पनि विद्यालय शिक्षाबाट बञ्चित छन् । विशेष गरी छोरीहरूको विद्यालय जाने दर न्यून छ । छोराछोरीलाई समान अवसर र शिक्षा दिनुपर्छ,´उनले भने ।
मुख्यमन्त्री आचार्यले उमेर नपुग्दै हुने विवाहको समस्या गम्भीर रूपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । २० वर्ष नपुग्दै विवाह गर्नु कानुनतः निषेध छ । तर सीमावर्ती क्षेत्रमा बाल विवाह रोक्न अझै पनि सकिएको छैन । याे समस्या समाधान गर्न समुदायमा जागरणकाे खाँचो छ´उनले भने-
बाल विवाहले गम्भीर समस्या निम्त्याउछ । यसलाई सामान्य रुपमा लिन हुदैन ।´ उनले मुस्लिम समुदायभित्र रहेका सामाजिक समस्याहरू समाधान गर्न समुदायका अगुवाहरूले अग्रसरता लिनुपर्नेमा जोड दिए ।`मौलाना साथीहरूले समुदायमा सचेतना फैलाउनु आवश्यक छ । समाज परिवर्तनका लागि तपाईंहरूको योगदान जरुरी छ,´ उनले भने । मुख्यमन्त्री आचार्यले पुरानो सोच परित्याग गरी नयाँ विचार र दृष्टिकोणका साथ अघि बढ्न आह्वान गरे ।
परम्परादेखि चल्दै आएका केही विकृति युक्त प्रथाहरूलाई निरुत्साहित गर्न जरुरी छ,´ उनले भने
हामी सबैको भावना एउटै हो, हामी देशप्रेमी हौं । यो मुलुक निर्माण गर्ने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ । समाजमा रहेका अन्धविश्वास र कुरीतिको अन्त्य गर्न जरुरी छ, र त्यसका लागि समुदायका अगुवा तपाईंहरू अघि बढ्नुपर्छ ।´कार्यक्रममा मुख्यमन्त्री आचार्यले मदरसा शिक्षाको विकासका लागि प्रदेश सरकारले निरन्तर सहयोग गरिरहेको स्पष्ट पारे । प्रदेश सरकार मुस्लिम समुदायको शैक्षिक तथा सामाजिक विकासमा प्रतिबद्ध रहेको र यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याइरहेको उनले उल्लेख गरे ।