खाजाखर्च कटाएर बाढीपीडितका लागि ६ हजार ७२० रुपैयाँ संकलन
आलोक भावुक राजपुर, १८ भदौ । श्री शंकर माध्यमिक विद्यालय राजपुर गाउँपालिका ३, खरदरियाका कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजाखर्च कटाएर भोटेकोसी बाढीपीडितका लागि सहयोग रकम संकलन गरेका छन् । विद्यार्थी भाइबहिनीहरूले आफूले सकेको रकम स्वेच्छिक रूपमा संकलन गरी रु. ६ हजार ७२० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।…



