दाङबाट रोल्पा जाँदै गरेको जिप दुर्घटना
घरसञ्चार दाङ । दाङको घोराहीबाट रोल्पा जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको माडी गाँउपालिका – १ आरलनेटाका ४२ वर्षीय तिलराम खत्री, माडी–३ दारेकाटनाका ५५ वर्षीय कमल वली, सोही ठाउँकी–६० वर्षीया कौशिला वली, परिवर्तन गाउँपालिका–३…





