जापानिज इन्सेफ्लाइटिस रोग नियन्त्रण गर्न लामखुट्टेका बासस्थान खोज्दै नष्ट गर्दै
भिसुन शाहीभालुबाङ, भदौ १७ । दाङको देउखुरीमा डेँगु, जापानिज इन्सेफ्लाइटिस लगायतका रोग नियन्त्रणका लागि लामखुट्टेका बासस्थान खोज्दै नष्ट गरिएको छ । देउखुरी स्थित राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कीटजन्य रोगहरूको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अभिमुखिकरण सँगै बासस्थानको खोजि गरिएको हो । अभिमुखीकरण कार्यक्रममा लामखुट्टे नियन्त्रण, सरसफाइ, रोकथामका उपाय, र रोग लागेपछि गर्नुपर्ने प्राथमिक उपचार…






