बनघुश्री-हसनापुर खानेपानी आयोजना सम्पन्न पश्चात् समितीलाई हस्तान्त्रण
टेकबहादुर पुन देउखुरी । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सहरी विकास तथा खानेपानी मन्त्रालयको मातहतमा रहेको खानेपानी तथा सरसफाइ कार्यालय दाङद्वारा सञ्चालित बनघुश्री-हसनापुर खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भई उपभोक्ता समितिलाई स्वामित्वपत्र (लालपुर्जा) हस्तान्तरण गरिएको छ । लमही नगरपालिका-७ हसनापुरमा सञ्चालित उक्त आयोजना आर्थिक वर्ष २०७६/०७७ मा सुरु भई २०८१/०८२ मा सम्पन्न भएको हो । आयोजनाबाट ५७५…





