gharsanchar557

अजम्मरी सामुदायिक वनको १९ औँ वार्षिक साधारण सभा, पत्रकार सहित ८ जना सम्मानित

शिबु खनाल देउखुुरी, ६ पुस । लमही स्थित अजम्मरी सामुदायिक वनको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता तथा डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजन वन अधिकृत जीवन पंगेनिको प्रमुख अतिथि एबम् सामुदायिक वन स्थानीय उपभोक्ता वन महासंघ लमहीका अध्यक्ष पूर्णबहादुर बस्नेतको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको…

Read More

लमही नगरपालिकाको सार्वजनिक सुनुवाई, सुशासन र सेवा प्रवाहप्रति कडा प्रश्न

घरसञ्चार लमही । लमही नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथा २०८२ र २०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम लमहीमा सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा लमहीको सार्बजनिक बगैचामा भएको कार्यक्रममा नगरबासीले सेवा प्रवाह, सुशासन र विकास निर्माणका विषयमा कडा असन्तुष्टि व्यक्त गरेका छन् । नगरपालिकाले यसरी नगरबासीसँग सार्बजनिक स्थलमा गरेको यो कार्यक्रम पहिलो…

Read More

दिपन महिला सहकारीको १३औँ साधारण सभा, दुई दर्जन बढि सम्मानित

घरसञ्चार लमही । लमही नगरपालिका-७ कप्तानगञ्ज स्थित दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले महिला किसान तथा जेष्ठ नागरिक र विद्यार्थी गरि दुई दर्जन बढिलाई सम्मान गरेको छ । सहकारीको १३ औँ वार्षिक साधारण सभाको अबसर पारी सँस्थामा आबद्ध जेष्ठ नागरिक, महिला किसान सँगै जेहेन्दार बिद्यार्थीहरुलाई सम्मान गरेको हो । शैक्षिक सामाग्री, कृषि सामाग्री सहित सँस्थाले…

Read More

आँखा जाँच गर्दै चस्मा बिक्रि गर्ने ठाउँ-हेमनेत्र आँखा उपचार केन्द्र सञ्चालनमा

घरसञ्चार देउखुरी । लमहीको नयाँ बजार क्षेत्रमा आधुनिक सुविधा सम्पन्न हेमनेत्र आँखा उपचार केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि आँखा उपचार तथा सेवा क्षेत्रमा अनुभव बटुलेका लालबहादुर चौधरीले अवकाश पश्चात पनि समुदायलाई निरन्तर सेवा गर्ने उद्देश्यले उक्त केन्द्र स्थापना गरेका हुन् । चौधरी आँखा स्वास्थ्य क्षेत्रमा ३१ वर्षको समृद्ध अनुभव बोकेर लमहीमा…

Read More

देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ सम्पन्न, ४६ जना खेलाडीको स्तरबृद्वि

घरसञ्चार लमही । लमही नगरपालिका–६ स्थित देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । स्कुलमा संचालन भइरहेका तेक्वान्दो कक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको बिद्यालयले जनाएको छ । बिद्यालयका डोजाङ प्रमुख कुबिर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रधानाध्यापक भू-माण्डप केसी, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारी, संघका सल्लाहकार…

Read More

दाङ बस दुर्घटना अपडेट: सबै घाइते डिस्चार्ज, बस चालक प्रहरी नियन्त्रणमा

घरसञ्चार दाङ । दाङमा भएको बस दुर्घटनामा परेर घाइते भएका सबै २२ जना यात्रु प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन् । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेका अनुसार बिहान करिब ३ बजे भएको बस दुर्घटनमा २२ जना घाइते भएका थिए । घाइते सबैको लमही अस्पतालमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ । डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै…

Read More

आफ्नो जन्मदिनमा फेसबुकबाट कमाएको पैसाले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

ओमप्रकाश गुप्ता भालुवाङ २२ मंसिर । दाङमा एक जना व्यवसायी तथा कलाकारले फेसबुकबाट आएको पैसाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक निवासी रामु सुनामले फेसबुकमा विभिन्न हास्य विधाका भिडियो पोष्ट गरेर कमाएको आम्दानीले विद्यार्थीहरूको हितमा खर्च गर्नु भएको हो । सुनामले आफ्नो ४० औं जन्म दिनको अवसर पारेर…

Read More

जेनजि पुस्तालाई समेट्दै काँग्रेस दाङ-१ ले गय्रो ५ जनाको नाम सिफारिस

घरसञ्चार दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ लेफागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरी, महासमिती सदस्यद्वय जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम सिफारिस भएको हो । नेपाली कांग्रेस क्षेत्र नम्बर १ दाङले जेनजी पुस्तालाई…

Read More

लमहीमा होटल सञ्चालक मृत फेला

घरसञ्चार दाङ । दाङको लमहीमा एक होटल व्यवसायी मृत फेला परेका छन् । पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या…

Read More

स्थानिय सरकार र सुरक्षा निकायलाई लमही चेम्बरको ध्यानाकर्षण-लमही गोली काण्ड

टेकबहादुर पुन लमही । दाङको लमहीमा व्यवसायीमाथि गोली चलाएको घटनाप्रति चेम्बर अफ कमर्सले कडा आपत्ति जनाएको छ । गत शनिबार दिउँसो करिब १:३५ बजे लमही बजारस्थित जुनतारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरी व्यवसायी घाइते बनाइएको घटनाप्रति लमही चेम्बर अफ कमर्सले कडा आपत्ति जनाएको छ । चेम्बरले सुरक्षित व्यावसायिक वातावरण विहीन हुँदै गएको घटनाले…

Read More