धार्मिक स्थल संरक्षण र प्रवर्द्धनमा गाउँपालिका प्रतिबद्ध छ : अध्यक्ष बिष्ट
तुलबहादुर कवँर मगरदाङ, २२ भदौ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले धार्मिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताएका छन् । शनिबार राप्ती गाउँपालिका–५, पहरूवामा अवस्थित शिवसवरी धाम धार्मिक केन्द्रको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बिष्टले भन्नुभयो, “शिवसवरी धाम जस्ता धार्मिक स्थलहरू हाम्रो पहिचान, आस्था र संस्कृतिका धरोहर हुन् । यसलाई…





