gharsanchar557

देउखुरीमा मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु

घरसञ्चार दाङ, कार्तिक ५ । देउखुरीमा मोटरसाईकिल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी बर्ष अन्दाजी ३५ का देब नारायण चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । राती करिब सवा दुईबजे लमही तर्फ जाँदै गरेको रा २ प ४९१२ नम्बरको मोटरसाईकिल पुर्ब-पश्चिम राजमार्गको हसनापुर जँगलमा…

Read More

राप्तीमा विपद् तथा जलवायु उत्थानशील योजना सम्बन्धी अभिमुखीकरण

तुलबहादुर कवँर मगर भालुबाङ, ३० असोज । दाङको राप्ती गाउँपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अद्यावधिक सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सि.डि.एम. नेपालको आयोजना, राप्ती गाउँपालिकाको समन्वय र युनिसेफको सहयोगमा बिहीबार सम्पन्न कार्यक्रममा स्थानीय तहमा विपद् व्यवस्थापन र जलवायु उत्थानशील योजनालाई प्रभावकारी बनाउन विभिन्न विषयमा छलफल गरिएको थियो ।गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको…

Read More

भारतका पुर्ब साँसदलाई लमहीमा स्वागत, नेपालीलाई उपचारमा २५ प्रतिसत छुट गराउनुपर्ने माग

टेकबहादुर पुन दाङ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले भारतका पुर्ब साँसद (राज्य सभा) तथा व्यापार मण्डल उत्तर प्रदेश भारतका अध्यक्ष बनवारीलाल कंछललाई लमहीमा स्वागत सम्मान गरेको छ । संघले दुई देशबीचको आपसी व्यापारिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम गरिएको जनाएको छ । देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह…

Read More

शान्ति सुरक्षा, अपराध नियन्त्रणका लागि सहकार्य आबस्यक

टेकबहादुर पुन दाङ । जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम लमहीमा सम्पन्न भएको छ । कार्यक्रम स्थानीय तह, सुरक्षा निकाय, संघ–संस्था तथा नागरिक समाजबीचको सहकार्यमा सम्पन्न भएको हो । समाजमा बढ्दो अपराध, लागूऔषधको दुरुपयोग, विपद् व्यवस्थापन, आत्मदाह र सेवा प्रवाह सुधारका विषयमा गहिरो छलफल…

Read More

देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते

घरसञ्चार दाङ । देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पती घाइते भएका छन् । घाइते हुनेमा लमही नगरपालिका-५ निवासी शोभाकर घिमिरे र उनकी श्रीमती ५३ वर्षीया विमला घिमिरे रहेका छन । दम्पती भारतको तुलसीपुरबाट लमही फर्किने क्रममा गढवा गाउँपालिका-५ जमुनीबास नजिकै मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए…

Read More

आशाका किरण संस्थाको तेस्रो अधिवेशन, अध्यक्षमा दिवस आचार्य चयन

ओमप्रकाश गुप्ता भालुवाङ २८ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाको चौथो वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सोमबार राप्ती गाउँपालिका–१ भालुवाङमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा दिवस आचार्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य यस अघि वरिष्ठ उपाध्यक्ष थिए । यस अघिका अध्यक्ष अशोक बेल्वासे वैदेशिक रोजगारीका शिलशिलामा विदेश गएपछि आचार्यले कार्यवाहक…

Read More

देशलाई शान्तिपूर्ण तवरबाट निकास दिनुपर्ने नागरिक समाज दाङको आह्वान

घरसञ्चार दाङ, असोज २८ । देशको राजनीतिक अवस्था अस्थिर बन्दै गएको र सामाजिक, आर्थिक तथा प्रशासनिक क्षेत्रहरुमा देखिएको अव्यवस्थाप्रति नागरिक समाज दाङले गम्भीर चिन्ता प्रकट गरेको छ । मङ्सिर २७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै समाजले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन पछिको अवस्थाले देशलाई तरल बनाएको भन्दै सबै पक्षहरूलाई सहमतिका साथ शान्तिपूर्ण…

Read More

देउखुरीमा प्रहरीद्वारा अबैध वस्तु तथा विष्फोटक पदार्थ बरामद

घरसञ्चार दाङ, असोज २७ । दाङ जिल्लाका विभिन्न स्थानमा प्रहरीले पछिल्लो केही दिनमा अबैध रूपमा लुकाइ–छिपाइ ल्याइएका सामान र विष्फोटक पदार्थ (पटका) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार असोज २५ देखि २७ गतेसम्म प्रहरीले गरेको छड्केमा लाखौं मूल्य बराबरका सामग्री फेला परेका हुन् । पहिलो घटनामा, असोज २५…

Read More

राप्तीमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी बैठक सम्पन्न

तुलबहादुर कवँर मगर भालुबाङ, २७ असोज । दाङको राप्ती गाउँपालिकामा “पोषणमार्फत जीवन रूपान्तरण परियोजना” अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीचको बैठक तथा छलफल कार्यक्रम सोमबार गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुपोषण न्यूनीकरणका उपाय र रणनीतिबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा…

Read More

पत्रकारितामा एआई : एआईलाई डर होइन, अवसरका रूपमा लिनुपर्छ-पाेखरेल

टीकाबहादुर बस्नेत दाङ । नेपाल पत्रकार महासंघ दाङले ‘पत्रकारितामा एआई’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागीता रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा एआईलाई अवसरको रूपमा लिनुपर्ने धारणा राखे । उनका अनुसार प्रविधिलाई डर…

Read More