एक्लोपनको लामो रात (कबिता)
रातहरू अबघडीले होइन,यादहरूले गन्न थाल्योसेकेन्ड सेकेन्डमाकुनै पुरानो आवाजमनभित्र ठोक्किन्छ । झ्यालबाहिर शहर बाँचिरहेको छ,बत्तीहरू झिलिमिली छन्,तर मेरो कोठाभित्रअँध्यारोले आफ्नै घर बनाइसकेको छ । हिजो जसलाई“आफ्नो” भन्थेँ,आज तिनै सम्झनाहरूसबैभन्दा भारी भएका छन्न त फ्याँक्न मिल्छ,न त सम्हाल्न सकिन्छमनले धेरै कुरा भन्न खोज्छ,तर शब्दहरूघाँटीमै मरेर जान्छन्आँखा रसाउँछन्,तर आँसु झर्दैनन्सायद थाकिसकेंरोइरहनु पनि कति ? भीडमा हुँदाएक्लोपन झन् चर्किन्छ,किनकि…





