राप्तीमा १३ हजार बढी विद्यार्थीको मुटु परीक्षण गरिँदै
तुलबहादुर कवँर मगर भालुवाङ, १९ साउन । दाङको राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु भएको छ । राप्ती गाउँपालिका, रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (केन्द्रीय कार्यालय ललितपुर, लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा) को प्राविधिक सहयोगमा मुटु परिक्षण सुरु गरिएको हो…





