काँग्रेस क्षेत्र नम्बर १ ले कार्यकर्ता भेटघाट गर्ने

घरसञ्चारदेउखुरी । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्राधिकार भित्र प्रत्यक पालिकामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । क्षेत्रिय समितीको शनिबार लमहीमा सम्पन्न बैठकले देउखुरीका ४ पालिकामा ८ गतेदेखी ११ गते सम्म विशेष कार्यकर्ता भेटघाटको आयोजना गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितीको निर्णय बमोजिम देशैभर कार्यक्रम भईरहेको…

Read More

आदिवासी जनजाती महासँघ लुम्बिनीद्वारा सम्मान

घरसञ्चारदाङ । नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासँघ लुम्बिनी प्रदेशले आफ्नो जिल्ला सभापती र केन्द्रीय सदस्य हरुलाई सम्मान गरेको छ । प्रदेशबाट केन्द्रीय सदस्य भएका र प्रदेशका जिल्लामा जिल्ला सभापती भएकाहरुलाई लमहीमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो । हालै सम्पन्न अधिबेशनले लुम्बिनीबाट दशजना केन्द्रीय सदस्यमा र लुम्बिनीका बाह्र जिल्लामा जिल्ला सभापति सहित नया नेतृत्व…

Read More

डेढलाख रकम सहित दाङमा जुवा खेल्दै गरेका १७ जना पक्राउ

घरसञ्चारदाङ । दाङमा डेढ लाख रकम सहित जुवा खेल्दै गरेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । एक लाख बाउन्न हजार पचपन्न रुपैया सहित कौडा खेलिरहेको अबस्थामा उनिहरुलाई राती १२ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्लाको घोराही उपमहानथर पालिका वडा नम्बर १५ अमृत टोलमा ठाकुर खनालले पैशाको हारजित हुनेगरी कोडा…

Read More

सानाकिसानको साधारण सभामा किसान सम्मानित

घरसञ्चारदाङ । सानाकिसान सहकारी सँस्थाले २७ बढि किसान हरुलाई सम्मान गरेको छ । सानाकिसान सहकारी सँस्था लिमिटेड सतबरियाले आफ्नो २१ औँ साधारण सभाको उपलक्ष्यमा उत्कृष्ट किसान, म्यादी बिमा किसान, एकल र जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । उत्कृष्ट किसानको रुपमा सँस्थामा आबद्ध सुबर्णी चौधरी, रिमा चौधरी र पबित्रा कुमारी चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो…

Read More

नेपाली काँग्रेसको एकसय दिने अभियान लमहीमा पनि शुरु

घरसञ्चारलमही । नेपाली काँग्रेसले एकसय दिने विशेष अभियान शुरु गरेको छ ।घरदैलोमा पुगेर जनताका कुरा सुन्ने र कार्यान्वयन गर्ने हेतुले देशैभर अभियानको शुरुवात गरिएको हो । दाङमा पनि यो अभियान आईतबार देखि शुरु भएको छ । लमही नगरपालिका अन्तरगतका प्रत्यक वडामा यो अभियानको उद्घाटन गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ र ९ मा…

Read More

बलात्कार मुद्धामा पक्राउ परेका सशस्त्र प्रहरी जवानले गरे प्रहरी हिरासतमै आत्महत्या

घरसञ्चारदाङ । भालुवाङमा बालिका बलात्कार गरेकाे आराेपमा पक्राउ परेका शसस्त्र प्रहरी जवान रेवन पचभैया मगरले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।गत असाेज २४ गते दाङकाे भालुवाङमा बालिका बलात्कार आराेप लागेका सशस्त्र प्रहरी जवान पचभैया मगरले सोमबार बिहान वडा प्रहरी कार्यालय घोराहीकाे हिरासत कक्षकाे शाैचालयमा आत्महत्या गरेका हुन् । प्यूठानकाे बडडाँडा घर रहेका सशस्त्र प्रहरी बल…

Read More

दाङको देउखुरीमा सडक दुर्घटनामा परी एकजनाको मृत्यु

दाङ । देउखुरीमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा शुक्रबार बेलुका सवारी दुर्घटनामा परि लमही-४ भैस्कोर्मा निवासी बर्ष ३१ का हेमन्त चौधरीको मृत्यु भएको हो । उनलाई लमही अस्पताल पुय्राए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । पश्चिमबाट पुर्बतर्फ आउँदै गरेका उनी सवार लु ३१ प ४१५४…

Read More

नेपाली काँग्रेस लमही-७ को दशै मिलन कार्यक्रम सम्पन्न

घरसञ्चारदाङ । नेपाली काँग्रेस लमही वडा नम्बर ७ ले दशै मिलन कार्यक्रम सम्पन्न गरेको छ । नजिकिदै गरेको बिजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान संगै बनभोज कार्यक्रमको आयोजना गरिएको हो ।नेपाली काँग्रेस वडा समितीले वडाकै हसनापुर स्थित जैबिक बिबिधता पार्कमा भेटघाट तथा दशै मिलन कार्यक्रम सम्पन्न गरेको हो । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर…

Read More

पर्याप्त अधिकार नहुँदा काम गर्न समस्या-मन्त्री न्यौपाने

घरसञ्चारदाङ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले प्रदेश सरकार र स्थानिय तहहरुलाई पर्याप्त अधिकार नहुँदा सकस थपिएको बताएका छन । संघिय सरकारले स्थानिय तह संरचना निर्माण गरेपनि पाउनुपर्ने पर्याप्त अधिकार नपाउँदा कामकाजमा जटिल्टा थपिएको गुणासो गरे ।नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको बधाई तथा भेटघाट कार्यक्रमलाई…

Read More

मुलुकलाई उज्यालो बनाउन दुईठुला दलको सरकार-महासचिब पोखरेल

घरसञ्चारदाङ । नेकपा एमालेका महासचिब शंकर पोखरेलले मुलुकलाई उज्यालो यात्रामा दोहोय्राउन मुख्य दुईदल मिलेर सरकार गठन गरेको बताएका छन । दाङको लमहीमा ने.क.पा. एमालेको लमही नगर अधिबेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरता अन्त्य गर्न ठुलादल मिलेर सरकार गठन गर्नुको बिकल्प नभएकाले यस्तो प्रस्थिती आएको बताए । उनले आवस्यकता अनुसारको संविधान संशोधन गर्ने योजनाका साथ…

Read More