दाङमा बिहिबारबाट गर्मि घट्दै, शनिबारपछि मात्रै पानी पर्ने

घरसञ्चार
दाङ । अत्यधिक बढेको उच्च गर्मी दाङमा भने बिहिवारदेखी घट्ने भएको छ ।

गर्मि घटेपनि पानी पर्ने संकेत भने देखिएको छैन । शनिबार पछि मात्रै पानी पर्ने संभाबना देखिएको जल तथा मौसम बिज्ञान बिभाग भैरहवाले जनाएको छ । दाङ र रुपेन्देहीमा शनिबार पछि मात्रै बर्षाको संभावना देखिएको छ । जल तथा मौसम बिज्ञान बिभाग भैरहवाका प्रमुख बरिष्ठ मौसम बिद बरुण पौडेलले दाङ र रुपेन्देहीमा शनिबार पछि आइतबार वा सोमबारसम्म बर्षाको संभावना रहेको बताए । तर, लुम्बिनी प्रदेशकै बाँकेमा भने त्यसपछि मात्रै बर्षाको संभावना रहेको जानकारी दिए । बाँके र सुदुरपश्चिमको धनगडीमा दाङ पछि केही दिन पछि मात्रै बर्षा हुने देखिएको पौडेलले बताए ।

दाङ र भैरहवामा बाँकेको भन्दा तुलनात्मक रुपमा कम गर्मी रहेको र अब बिहीबारदेखि दाङको तापक्रम घट्ने क्रम सुरु भएपछि त्यसको थोरै प्रभाव बाँकेमा पनि पर्ने र तापक्रम घट्न सक्ने संभावना रहेको छ । पूर्वी नेपालमा भित्रिएको मौसम कमजोर हुँदा त्यो पश्चिम पुग्न ढिलाइ हुनु तथा बायूमण्डलमा आद्रदा बढी हुनु जस्ता कारणले पश्चिम नेपालका तराइका जिल्लाहरुमा यो बर्ष लामो समय गर्मी भएको तथा तातो हावा चलेको पौडेलले बताए । लामो समयको खडेरीका कारण मुलहरु सुक्न थालेका छन् । सहर बजारमा खानेपानीको हाहाकार हुन थालेको छ । किसानले छरेका मकै बारीमै सुक्न थालेको छ भने धानको ब्याडपनि सुक्ने अवस्थामा पुगेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *